हङकङको न्यु टेरिटोरिजस्थित ताइवाइमा सडक पार गर्ने क्रममा एक वृद्धको ज्यान गएको छ।
मंगलबार बिहान ताइवाइमा ओभरहेड फुटब्रिजको प्रयोग गर्नुसट्टा चार लेनको बाटो काट्ने क्रममा ८६ वर्षीय वृद्धलाई कोच बसले ठक्कर दिएको हो।
मंगलबार बिहान करिब पौने ९ बजे सिकवान स्ट्रिटबाट मेतिन रोडतर्फ जाँदै गरेको बसले वु उपनाम गरेका ती वृद्धलाई ठक्कर दिएको हो।
दुर्घटनालगत्तै घटनास्थलमा आएका प्यारामेडिकहरूले वृद्धलाई प्राथमिक उपचार गरेपछि तुरुन्तै प्रिन्स अफ वेल्स अस्पताल लगिएको थियो। उनलाई अस्पतालले मृत घोषित गर्यो।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। लेउङ उपनाम गरेका ५४ वर्षीय चालकलाई खतरनाक तरिकाले सवारी चलाएको आरोपमा पक्राउ गरिएको हो।
यद्यपि, चे उपनाम गरेका एक यात्रुले बस बिस्तारै गुडेको र चालक संयमित थिए भनी बताएको स्थानीय सञ्चारमाध्यमले लेखेको छ।
चेका अनुसार ती वृद्ध ओभरहेड फुटब्रिजको प्रयोग नगरी उल्टो तर्फबाट सडक पार गरिरहेका थिए। प्यारामेडिक्स आइपुग्नुअघि आफूले वृद्धलाई प्राथमिक उपचार गरेको पनि उनले बताएका छन्।
प्रतिक्रिया