पूर्वी काउलुनको गाउताउ कोकस्थित चोइताक स्टेट अपार्टमेन्टमा एक महिला मृत अवस्थामा भेटिएकी छन्।
सोमबार बिहान अपार्टमेन्टको गस्ती गर्ने क्रममा सुरक्षा गार्डले भित्रबाट दुषित गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।
खबर पाएलगत्तै आएका प्रहरी तथा अग्निनियन्त्रकले ढोका फोरेर भित्र पस्दा महिलालाई मृत अवस्थामा फेला पारेका हुन्।
३९ वर्षीया ती महिला त्यहाँ एक्लै बस्ने गरेको बुझिएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
असोज ८, २०८०, साेमबार
प्रतिक्रिया