राष्ट्रिय दिवसलाई भव्यताका साथ मनाउने उद्देश्यसहित हङकङका सिनेमा हल र रेस्टुरेन्टले ५० प्रतिशतसम्म छुट दिने भएका छन्।
जसअन्तर्गत चलचित्रको टिकटमा ५० प्रतिशत छुट र खाद्य सामग्रीमा ३० प्रतिशत छुट पाइने भएको हो।
हङकङ थिएटर एसोसिएसन लिमिटेडले १ अक्टोबरका लागि सहरका ६४ वटा हलका सबै प्रकारका टिकटमा ५० प्रतिशत छुट हुने बताएको छ।
टिकटको बुकिङ बुधबार (२७ अक्टोबर)देखि खुला हुनेछ। प्रत्येक व्यक्तिले अधिकतम चार वटासम्म टिकट लिन सक्नेछन्।
यसैगरी, सहरका एक हजार सात सयभन्दा बढी रेस्टुरेन्टले राष्ट्रिय दिवसका दिन ३० प्रतिशत छुट दिने भएका छन्।
हङकङले हरेक वर्ष १ अक्टोबरलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ।
असोज ८, २०८०, साेमबार
प्रतिक्रिया