हङकङ : रोजरीहिल स्कूल बन्दको विरोधमा हस्ताक्षर संकलन गर्दै सरोकार समूह

हङकङ : रोजरीहिल स्कूल बन्दको विरोधमा हस्ताक्षर संकलन गर्दै सरोकार समूह

तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
असोज ५, २०८० शुक्रबार १२:५९, हङकङ

हङकङको रोजरीहिल स्कूल बन्द गर्ने निर्णयविरुद्ध सरोकारवालाहरूले हस्ताक्षर संकलन सुरु गरेका छन्।

विद्यालय सञ्चालनका लागि अनुदान दिँदै आएको निकाय डोमिनिकन मिसनले स्कूलमा भर्नादर कम हुँदै जानुका साथै स्कूल सञ्चालनको कोष पनि रित्तिएको भन्दै शैक्षिक सत्र सन् २०२५–२६ बाट विद्यालय बन्द गर्ने निर्णय लिएको थियो।

यसको विरुद्धमा ‘रोजरीहिल स्कूल सरोकार समूह’ले बिहीबार एक खुला पत्र मार्फत प्रायोजक निकायसँग आर्थिक समस्या खासै नदेखिएको अवस्थामा बन्दको निर्णय किन लिइयो भनी स्पष्टीकरण माग गरेका छन्।

साथै, वैकल्पिक समाधानका उपाय खोज्न भन्दै सम्बन्धित पक्षसँग वार्ताको माग पनि उनीहरूले गरेका छन्।

मिसनले गत शुक्रबार रोजरीहिल स्कूलको निजी किन्डरगार्टन र प्राथमिक खण्ड अर्को वर्षको सेप्टेम्बरदेखि निजी स्कूल डाल्टनसँग चरणबद्ध रूपमा मर्ज गर्ने घोषणा गरेको थियो।

यसका साथै, ६५ वर्षको इतिहास बोकेको यस स्कूलको माध्यमिक खण्ड शैक्षिक सत्र २०२५/२६ देखि बन्द हुने घोषणा गरेको थियो।

सरोकार समूहले मिसनको यो निर्णयले विद्यार्थी, अभिभावक, शिक्षक र पूर्वविद्यार्थीहरूले दुःखित र अपमानित महसुस गरेको बताएको छ।

मिसनको यस निर्णयविरुद्ध सरोकारवाला समूहले हस्ताक्षर अभियान सुरु गरेको हो। यस अभियानमा बिहीबार साँझसम्म पाँच सयभन्दा बढी हस्ताक्षर संकलन भएको समूहले जनाएको छ।

प्रायोजक निकाय डोमिनिकन मिसनले विद्यालय बन्द गर्ने घोषणा गरेसँगै सरोकारवाला समूहले बन्द गर्नुको कारण/आधार के हो भनेर सोधेको थियो। यसको जवाफमा मिसनले विद्यार्थी भर्ना संख्या निरन्तर कमी हुनु र बढ्दो आर्थिक बोझ यसको कारण भएको बताएको थियो।

तर, विद्यालयका अभिभावक-शिक्षक संघका अध्यक्ष बलजिन्दर सिंह यो जवाफ अस्वीकार गर्छन्। उनी मिसनको जवाफले अभिभावकको चिन्ता सम्बोधन गर्न असफल भएको तथा आफूहरूको मागको कुनै जवाफ नदिएको बताउँछन्।

हङकङबाट प्रकाशित एक दैनिकका अनुसार अध्यक्ष सिंहले शुक्रबार विद्यालयको व्यवस्थापन समितिलाई भेट्दैछन्। साथै, समितिसँग भएको वार्तालाप कुनै ढिलाइ नगरी सबैसामु प्रस्तुत गर्ने पनि उनले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .