हङकङको बेरोजगारी दर स्थिर रहेको छ। तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा जुनदेखि अगस्टसम्म यहाँको बेरोजगारी दर २.८ प्रतिशत रहेको छ।
यो अवधिमा सहरको बेरोजगारी संख्या एक लाख १२ हजार एक सय छ।
विभागले अघिल्लो महिना सार्वजनिक गरेको मे–जुलाईको स्थिति पनि यही रहेको थियो।
मंगलबार सार्वजनिक गरिएको तथ्यांकमा जुनदेखि अगस्टसम्म अल्पबेरोजगारी दर भने घटेको छ। मुख्यगरी निर्माण क्षेत्रको सजावट र मर्मतसम्भार यस्तो दर घटेको हो।
यसका साथै, श्रम विभागले एक महिनापछि अर्थात् १३ अक्टोबरमा एक प्रदर्शनीको आयोजना गर्दैछ। जसमा ४५ भन्दा बढी रोजगारदाता कम्पनीले भाग लिनेछन्।
‘उत्तर जिल्ला रिक्रुटमेन्ट एण्ड ट्रेनिङ एक्स्पो’ नामक उक्त प्रदर्शनीमा ठूलो संख्यामा रिक्त पदको लागि आवेदन खुल्ने बताइएको छ।
प्रदर्शनी फानलिङस्थित ओहिङ स्पोर्टस् सेन्टरमा आयोजना हुनेछ।
प्रतिक्रिया