हङकङ : बस्तीनजिकै पहिरो खसेपछि ‘विलासी घर’का बासिन्दालाई अन्यत्र सारियो

‘ब्ल्याक रेन’पछि लयमा फर्कंदै हङकङ, भीषण वर्षाको असर विस्तारै देखिँदै
हङकङ : बस्तीनजिकै पहिरो खसेपछि ‘विलासी घर’का बासिन्दालाई अन्यत्र सारियो

रेडहिल प्रायद्वीपमा गएको पहिरो। पहिरोका कारण तीन भवन उच्च जोखिममा देखिन्छन्। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ २४, २०८० आइतबार १२:४७, हङकङ

नजिकै पहिरो खसेपछि हङकङको ताइतामस्थित लक्जरी स्टेट रेडहिल प्रायद्वीपका बासिन्दालाई अन्यत्रै सारिएको छ।

लक्जरी स्टेट सेलिब्रेटी तथा व्यापारिक घरानाका व्यक्तिहरूको बसोबास रहेको स्थानले परिचित छ।

यहाँको एउटा सम्पत्ति ११२ मिलियन हङकङ डलरभन्दा बढी मूल्यमा बिक्री भएको रेकर्ड छ।

शनिबार राति रेडहिल प्रायद्वीपको तटवर्ती क्षेत्रमा पहिरो गएको हो। पहिरोका कारण कम्तीमा तीन वटा घरलाई असर गरेको छ।

पहिरो गएपछि तटीय क्षेत्रका घर नं. ७०, ७२ र ७४ उच्च जोखिममा परेका हुन्।

बिहीबार रातिदेखि शुक्रबार दिउँसोसम्म हङकङमा ब्ल्याक रेन परेको थियो। ब्ल्याक रेनका कारण हङकङ बाढीमय बनेको थियो।

वर्षासँगै बाढीका कारण सय जनाभन्दा बढी अस्पताल भर्ना भएका थिए भने कम्तीमा दुई जनाको मृत्यु भएको समाचार स्रोतहरूले जनाएका छन्।

यस प्रकारको वर्षा हङकङमा पाँच सय वर्षयताकै ठूलो भएको पनि कतिपय सञ्चारमाध्यमले दाबी गरेका छन्।

सरकारी तथ्यांक अनुसार पनि हङकङमा झण्डै डेढ शताब्दीयताकै ठूलो वर्षा भएको हो। हङकङमा सन् १८८४ मा रेकर्डको परिपाटी सुरुभएपछिकै ठूलो वर्षा बिहीबार राति भएको सरकारी रेकर्डले देखाएको छ।

हङकङ अब्जर्भेटरीले बिहीबार राति ११ बजेदेखि मध्यरातसम्म एक घण्टाको अवधिमा १५८.१ मिमि वर्षा भएको रेकर्ड गरेको छ।

बिहीबार रातिदेखि परेको ब्ल्याक रेन शुक्रबार दिउँसोसम्म अर्थात् १६ घण्टाभन्दा बढी परेको थियो।

वर्षाका कारण हङकङ ठप्प जस्तै भएको थियो। कतिपय सडकहरू नदीजस्ता भएका थिए। सडकमा बाढी आएपछि मानिसहरू सवारी साधनसहित फसेका थिए जसलाई उद्धारकर्मीहरूले उद्धार गर्नुपरेको थियो।

त्यस्तै, स्कूल, कार्यालय, बजार, बस सेवा आदि बन्द भए।

भीषण वर्षापछि हङकङ लयमै फर्किंदैछ। यद्यपि, यसका असरहरू भने देखिन थालेका छन्। एउटा असरको रूपमा रेडहिल प्रायद्वीपमा गएको पहिरोलाई लिन सकिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .