हङकङ : आठ महिनामा ७१ जनाको ट्राफिक दुर्घटनामा मृत्यु, मर्नेमा ४४ जना पैदलयात्रु

हङकङ : आठ महिनामा ७१ जनाको ट्राफिक दुर्घटनामा मृत्यु, मर्नेमा ४४ जना पैदलयात्रु

जेब्रा क्रसिङबाट बाटो पार गर्दै पैदलयात्रु। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ २१, २०८० बिहिबार १७:४६, हङकङ

हङकङमा आठ महिनाको अवधिमा ट्राफिक दुर्घटनाका कारण ७१ जनाको मृत्यु भएको छ।

हङकङ प्रहरीले बिहीबार एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो।

तथ्यांक अनुसार उक्त अवधिमा मृत्यु भएका ७१ जनामध्ये ४४ जना पैदलयात्रु छन्, यसमा पनि २७ जना ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिक हुन्।

सडकको वास्तविक अवस्था नबुझ्नु र सवारी साधनको गति यकिन गर्न नसकेका कारण पैदलयात्रुहरू बढी दुर्घटनामा पर्ने गरेका छन्।

तथ्यांक सार्वजनिक गर्ने क्रममा ट्राफिक लाइटको बेवास्ता नगर्न र जेब्रा क्रसिङको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

यस्तै, सडक दुर्घटनामा मृत्यु हुने अन्यमा चालक, यात्रु र साइकलमा यात्रा गर्नेहरू छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .