हङकङको केएमबी डिपोमा एक जनाको शंकास्पद मृत्यु

हङकङको केएमबी डिपोमा एक जनाको शंकास्पद मृत्यु

केएमबी काउलुन बे डिपो। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ २१, २०८० बिहिबार १२:१८, हङकङ

हङकङको काउलुनस्थित केएमबी काउलुन बे डिपोमा एक जनाको शंकास्पद मृत्यु भएको छ।

मृत्यु हुने व्यक्ति काउलुन मोटर बस (केएमबी) का कर्मचारी रहेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान साढे सात बजे डिपोका कर्मचारीले एक व्यक्ति घाइते अवस्थामा भुइँमा लडिरहेको भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले टाउको र खुट्टामा गम्भीर चोट लागेको घाइतेलाई बेहोस अवस्थामा उद्धार गरी अस्पताल पठाएको थियो।

उनको क्वान तोङस्थित युनाइटेड क्रिश्चियन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको दुर्घटनामा मृत्यु भएको अनुमान छ। तर, दुर्घटना के–कसरी भयो भन्ने विवरण आउन बाँकी छ। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .