यौनधन्दाको आरोपमा जापानी ‘एडल्ट फिल्मकर्मी’ महिला हङकङबाट पक्राउ

यौनधन्दाको आरोपमा जापानी ‘एडल्ट फिल्मकर्मी’ महिला हङकङबाट पक्राउ

फिल्मकर्मी जापानी महिलालाई पक्राउ गरेर लगिँदै। तस्बिर : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
भदौ २०, २०८० बुधबार १९:५२, हङकङ

३९ वर्षीया जापानी ‘एडल्ट फिल्मकर्मी’ महिला यौनधन्दाको आरोपमा हङकङमा पक्राउ परेकी छन्।

उनलाई हङकङको चिमसा चोइस्थित नाथन रोडमा रहेको पाँचतारे होटलबाट पक्राउ गरिएको हो। उनीसँगै अर्की एक महिला पनि पक्राउ परेकी छन्।

हङकङका विभिन्न स्थानमा यौनधन्दा हुने गरेको थाहा पाएपछि प्रहरीले सर्च अभियान थालेको थियो। यो अभियानमा प्रहरीले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ।

विशेषगरी नाबालिगलाई यौनधन्दामा लगाउने गरेको सूचना आएपछि प्रहरीले सर्च अभियान थालेको हो।

यो अभियानका क्रममा मंगलबार राति प्रहरीले चिमसा चोइमा १५ वर्षीया किशोरीलाई कसैलाई पर्खिरहेको अवस्थामा फेला पारेको थियो।

किशोरीलाई पिछा गर्दै गएको प्रहरीले होटलबाहिर कारभित्र बसेका यौनधन्दा सञ्चालन गर्ने गिरोहका दुईजनालाई पक्राउ गर्‍यो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती किशोरीलाई गिरोहले एक महिनाअघि यौनकार्यका लागि भर्ती गरेको खुलेको छ।

हङकङको कानुनअनुसार १६ वर्षमुनिका किशोरीसँग यौन सम्बन्ध राखेमा पाँच वर्षको जेल सजाय हुन्छ।

त्यस्तै, प्रहरीले चुनवानको औद्योगिक क्षेत्रबाट पनि एक १६ वर्षीया किशोरीलाई पक्राउ गरेको छ। जहाँ गिरोहले यौनकर्मीहरूलाई राख्ने गरेको पाइएको छ।

ती किशोरीलाई उनको परिवारले हराएको भनी प्रहरीमा रिपोर्ट गरेका थिए। प्रहरीले उक्त औद्योगिक क्षेत्रबाट २३ वर्षीया अर्की युवतीलाई पनि पक्राउ गरेको छ।

त्यस्तै, क्यामरुन रोडमा रहेको यौनधन्दास्थलबाट अन्य दुई जापानी र दुईजना चिनियाँ महिला पनि पक्राउ परेका छन्।

पक्राउ परेका चार जापानी र दुई चिनियाँ महिलालाई उनीहरूले बसाइको सर्त उल्लङ्घन गरेको अभियोगमा समेत प्रहरीले कारवाही अघि बढाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो धन्दा ३९ वर्षीय पुरुष र २० वर्षीया महिलाले सञ्चालन गरेको पत्ता लागेको छ।

उनीहरूले सामाजिक सञ्जालमा यौनकर्मीहरू खोजिरहेको विज्ञापन राखेको पाइएको हो। उनीहरूले विज्ञापनमार्फत विशेषगरी नाबालिग केटीहरू खोजेको देखिन्छ।

उनीहरूको यो धन्दा करिब एक वर्षदेखि चलिरहेको प्रहरीको अनुमान छ। पक्राउ परेका दशै जना बुधबार दिउँसोसम्म प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .