चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ ।
दक्षिण चीनको ग्वाङझाउ प्रान्तको नान्सा बन्दरगाहबाट दक्षिण अमेरिकाको पूर्वी भागसम्म नियमित सिधा ढुवानी सेवा सञ्चालनमा आएको हो।
उद्घाटन समारोहमा एक कार्गो जहाज बन्दरगाहबाट ब्राजिल प्रस्थान गरेको थियो। बन्दरगाहका अधिकारीहरूका अनुसार यो सेवा ब्रिक्स देशको बैठकमा छलफल भएअनुसार सुचारु भएको हो।
यो ब्रिक्स देशका लागि पाचौँ अन्तर्राष्ट्रिय समुन्द्री मार्ग हो । जसले दक्षिण अमेरिका र ग्वाङझाउ-हङकङ-मकाओ ग्रेटर वे क्षेत्रबीचको व्यापारलाई वृद्धि गर्नेछ। -सिन्ह्वा
12
Shares
प्रतिक्रिया