चीनले सरकारी कार्यालयभित्र आइफोन चलाउन नपाइने नयाँ नियम ल्याएको छ।
यो नियम केही मन्त्रालयहरूमा लागू भएको हो। अमेरिकासँग भूराजनीतिक तनाव बढिरहेको वेला चीनको यस्तो निर्णय आउनु अर्थपूर्ण मानिएको छ।
परिस्थितिसँग जानकारहरू राष्ट्रिय सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै चीनको यस्तो कदम आएको हुनसक्ने बताउँछन्।
‘अलग अलग पाँच स्रोतका अनुसार लगानी, व्यापार र अन्तर्राष्ट्रिय मामलामा केन्द्रित मन्त्रालयका कर्मचारीलाई अगस्टमा पनि केही समयको लागि यस्तै आदेश दिइएको थियो,’ साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
अमेरिकी कम्पनीले बनाएको टेलिकम्युनिकेसन डिभाइसहरूबाट हुनसक्ने राष्ट्रिय सुरक्षा जोखिम हटाउने उद्देश्यले यसो गरिएको अनुमान स्रोतको छ।
अझ केही सरकारी निकायहरूमा त वर्षौंदेखि नै आइफोन चलाउन नपाइने नियम रहेको बुझिएको छ। पछिल्लो आदेशले त्यो प्रतिबन्धलाई विस्तार मात्र गरेको जानकारहरू बताउँछन्।
प्रतिबन्धित गरिएका मन्त्रालयका कर्मचारीले यो महिनाको अन्त्यसम्ममा आफ्नो फोन ब्रान्ड परिवर्तन गर्नुपर्नेछ।
Shares
प्रतिक्रिया