कोभिड १९ : हङकङवासीलाई अर्को सातादेखि मोडर्नाको विभालेन्ट खोप दिइने

कोभिड १९ : हङकङवासीलाई अर्को सातादेखि मोडर्नाको विभालेन्ट खोप दिइने

तस्बिर : एपी


नेपालखबर
भदौ २०, २०८० बुधबार १२:४३, हङकङ

हङकङवासीले सेप्टेम्बरको मध्यदेखि कारोनाविरुद्ध मोडर्नाको बुस्टर डोज लगाउन पाउने भएका छन्।

नयाँ खोप ओमिक्रोन भेरियन्ट्सका साथै सम्भावित प्रकोपलाई लक्षित गरी बनाइएको विभालेन्ट भर्सन हो।

यूएस फर्मास्युटिकल मोडर्नाद्वारा निर्मित विभालेन्ट मध्य सेप्टेम्बरपछि निजी तवरमै पाइन लागेको हो।

यो खोपले भविष्यमा आउनसक्ने विभिन्न प्रकारका प्रकोपहरूबाट पनि बच्न सकिने बताइएको छ।

सरकारी तथ्यांकका अनुसार ३ सेप्टेम्बरसम्ममा ६ महिनाभन्दा माथिका ५.८५ मिलियन (८०.१ प्रतिशत) हङकङेलीले कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप लगाइसकेका छन्।

त्यस्तै १.१५ मिलियनले चौथो मात्रा पनि लगाइसकेको तथ्यांकले देखाउँछ।

यसअघि गत डिसेम्बरमा जर्मनीको बायोएनटेक कम्पनीको विभालेन्ट खोप हङकङ भित्रिएको थियो। यो खोप १२ वर्षभन्दा माथिकालाई मात्र लगाउन सिफारिस गरिएको थियो।

मोडर्नाको खोप पनि यसभन्दा अघि २ डोज लगाइसकेका १२ वर्षदेखि माथिको उमेर समूहकाले लगाउन सक्ने कम्पनीको दावी छ।

सन् २०१० मा स्थापना भएको अमेरिकी कम्पनी मोडर्ना विश्वका शीर्ष फर्मास्युटिकल तथा बायोटेक्नोलोजी कम्पनीहरूमध्येमा पर्छ।

कम्पनीले एमआरएनए प्रविधि प्रयोग गरेर औषधि तथा भ्याक्सिन उत्पादनमा विशेष दक्खल राख्ने आम बुझाइ छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .