हङकङमा फेरि रोजगार मेला लाग्दै, प्रसिद्ध अन्तर्राष्ट्रिय कम्पनीहरूमा आवेदन दिन सकिने

हङकङमा फेरि रोजगार मेला लाग्दै, प्रसिद्ध अन्तर्राष्ट्रिय कम्पनीहरूमा आवेदन दिन सकिने

नेपालखबर
भदौ १९, २०८० मंगलबार १९:४९, हङकङ

हङकङमा आगामी हप्ता रोजगार मेला हुने भएको छ। १० सेप्टेम्बरमा हुने मेलामा अन्तर्राष्ट्रिस्तरका १७/१८ भन्दा बढी कम्पनी सामेल हुनेछन्।

मेला हङकङको गृह मामिला विभाग (होम सेन्टर)ले आयोजना गर्न लागेको हो।

काउलुनको जोर्डनस्थित याउसिम मङ मल्टिकल्चरल एक्टिभिटी सेन्टरमा हुने मेलाको कार्यक्रम मध्यान्ह १२ बजेदेखि साँझ पाँच बजेसम्म चल्नेछ।

‘जब फेयर फर इथ्निक माइनोरोटिज् २०२३’ शीर्षकमा आयोजना हुन लागेको मेलाको लक्षित समूह जातीय अल्पसंख्यकहरू हुन्।

रोजगारी चाहने लक्षित समूहले मेलामा जाँदा केही आवश्यक कागजात भने साथै लैजानुपर्नेछ।

आकांक्षीहरूले मान्य रहेको हङकङ आईडी कार्ड, व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र (मूल र प्रतिलिपि), हालसालै खिचिएको तस्बिर आदि आवेदन साथ पेश गर्नुपर्नेछ।

मेलामा द बडी शप, एचकेटी टेलिसर्भिसेज इन्टरनेशनल लिमिटेड, एभिएसन सेक्युरिटी कम्पनी लिमिटेड, द एबर्डिन म्यारिना क्लब, सिटीबस लिमिटेड, करेक्सनल सर्भिसेज डिपार्टमेन्ट, हङकङ कस्टम्स लगायतका कम्पनी सामेल हुनेछन्। जहाँ आकांक्षीले आफूलाई मन परेको रोजगारीमा आवेदन दिन सक्नेछन्।

रोजगार मेलाका बारेमा इच्छुकले फोन मार्फत पनि जानकारी लिन सक्नेछन्।

जसका लागि ३६१०४४२८ र ३६१०४४१८ मा फोन गरी कार्यक्रम अधिकृतहरू चेरी येउङ र मार्फा चुङसँग जानकारी लिन सकिनेछ।

गृह मामिला विभाग जातीय अल्पसंख्यकहरूको हितमा काम गर्ने सरकारी निकाय हो।

विभागको वेबसाइटमा राखिएको जानकारी अनुसार जातीय सद्भाव प्रवर्द्धन गर्ने र हङकङेली समाजमा जातीय अल्पसंख्यकहरूको एकीकरणलाई सहज बनाउने उद्देश्य विभागको रहेको छ

विभागका सेवाहरूमा भाषा कक्षा, ट्युटोरियल कक्षा, कम्प्युटर कक्षा, रोजगार समर्थन सेवा, स्वयंसेवक सेवा, एकीकरण कार्यक्रम, सामाजिक सद्भाव कार्यक्रम, परामर्श सेवा, आपत्‌कालीन कोष तथा छात्रवृत्ति लगायत छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .