हङकङको पुरानो सैन्य किल्लाको कथा

हङकङको पुरानो सैन्य किल्लाको कथा

तस्बिर : सिन्ह्वा


नेपालखबर
भदौ १९, २०८० मंगलबार १४:१०, हङकङ

हङकङको पुरानो सैन्य किल्लामा अवस्थित सङ्ग्रहालय हङकङको सैन्य क्षेत्रको इतिहास हो। हङकङको म्युजियम अफ कोस्टल डिफेन्सलाई सन् १८८७ मा बनाइएको ल्यामुन फोर्टबाट ल्यामुन पासको हेडल्याण्डमा परिणत गरिएको थियो।

सङ्ग्रहालय नजिकै घुमाउरो पहाड मार्गमा पिलबक्स र तोपका गोलाहरू छन्। दोस्रो विश्वयुद्धपछि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको थिएन। तर यसको ऐतिहासिक महत्त्व र अद्वितीय वास्तुकलाका विशेषतालाई मध्यनजर गर्दै हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले यसलाई सङ्ग्रहालय बनायो। र, सन् २००० मा सर्वसाधारणका लागि खुला गरेको थियो।

केही समय बन्द रहेर व्यवस्थित बनाएपछि सङ्ग्रहालय सन् २०२२ मा पुनः खोलिएको थियो। सङ्ग्रहालय सैन्य थिममा आधारित छ। यो सङ्ग्रहालयले आगन्तुकका लागि स्मरणीय बनाउने विश्वास सरकारले लिएको हङकङ म्युजियम अफ कोस्टल डिफेन्सका सहायक क्युरेटर नताली लेउङको भनाइ छ।

त्यस्तै, हङकङ म्युजियम अफ कोस्टल डिफेन्सका अर्का सहायक क्युरेटर फ्रान्को येउङले हङकङको समुन्द्री रक्षा सेवा ताङ राजवंशमा फेला पार्न सकिने र यो सङ्ग्रहालय सोही बेलाको स्मरणमा बनाइएको बताए।

हङकङले जलमार्ग, व्यापार र वाणिज्यको रक्षा गर्न टुनमुन वरपर सैन्य सहर स्थापना गरेको थियो। २१औं शताब्दीमा पुरानो इतिहासलाई स्मरणमा ल्याउन हङकङले सो सङ्ग्रहालय बनाएको उनले बताए।

हङकङ म्युजियम अफ कोस्टर डिफेन्स यस क्षेत्रको एक मात्र सैन्य सङ्ग्रहालय हो। लेउङका अनुसार यो सन् २०२२ मा पुनः खोलिएदेखि सङ्ग्रहालयमा हङकङमा जापानी आक्रमणको इतिहास, हङकङको युद्ध, हङकङ कोउलुन स्वतन्त्रता बिग्रेड अफ द इस्ट रिभर कोलमसँग जनचेतना फैलाउने सामग्री राखिएको छ।

८ डिसेम्बर १९९४ मा जापानी सेनाले हङकङमा आक्रमण गरेको थियो। १८ दिनको युद्धपछि हङकङ ३ वर्ष ८ महिना जापानी अधीनमा रह्यो। सिन्ह्वा

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .