हङकङका एक विद्यार्थी विद्यालय खुलेकै दिन शिक्षकमाथि जाइलागे

हङकङका एक विद्यार्थी विद्यालय खुलेकै दिन शिक्षकमाथि जाइलागे

शेकलेइ क्याथोलिक माध्यमिक विद्यालय। तस्बिर : गुगल म्याप


नेपालखबर
भदौ १९, २०८० मंगलबार १३:१०, हङकङ

नयाँ शैक्षिक सत्र सुरु भएकै दिन हङकङका एक विद्यार्थी स्कूलका प्रिन्सिपलमाथि जाइलागेका छन्।

हङकङको अनचित स्ट्रिटस्थित शेकलेइ क्याथोलिक माध्यमिक विद्यालयको प्राङ्गणमा प्रिन्सिपलमाथि आक्रमण भएको हो।

घटना सोमबार बिहानको हो। कुटपिटबाट ५७ वर्षीय प्रिन्सिपलको टाउकोमा चोट लागेपछि उनलाई उपचारका लागि राजकुमारी मार्गरेट अस्पताल पठाइएको थियो।

घटनाका आरोपित १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। हाल उनी धरौटीमा रिहा भएका छन् भने प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

स्रोतका अनुसार उनले अघिल्लो वर्षकै रिसका कारण शिक्षकमाथि जाइलागेका हुन्।

प्राप्त विवरण अनुसार उक्त किशोरले गत शैक्षिक वर्षमा विद्यालयको नियम उल्लंघन गरेको आरोपमा प्रिन्सिपलबाट सजाय पाएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .