हङकङका कफी पारखीलाई अब म्याकडोनाल्डको कम्बो सेटमा अमेरिकानो

हङकङका कफी पारखीलाई अब म्याकडोनाल्डको कम्बो सेटमा अमेरिकानो

तस्बिर : एससीएमपी


नेपालखबर
भदौ १८, २०८० सोमबार १८:२३, हङकङ

हङकङको फास्टफुड कम्पनी म्याकडोनाल्डले सोमबार साँझदेखि आफ्नो कम्बो सेटमा ग्राउन्ड र प्रिमियम रोस्ट कफी बेच्न बन्द गरेको छ।

कम्पनीले प्रिमियम रोस्ट कफीलाई ब्रेकफास्ट कम्बोमा निःशुल्क पेय पदार्थको रूपमा समावेश गर्ने गरेको थियो। त्यस्तै, दुई हङकङ डलर अतिरिक्त शुल्कमा ग्राउण्ड कफी उपलब्ध हुने गर्दथ्यो।

तर निराश नहुनुस्, कम्पनीले यसको विकल्पमा म्याकक्याफेको कफी प्रस्तुत गर्ने भएको छ।

मंगलबारदेखि म्याकडोनाल्डले आफ्नो उपब्रान्ड म्याकक्याफेका केही पेयहरूले दुई ब्रान्डलाई प्रतिस्थापित गर्ने भएको हो।

जसमा, अमेरिकानो र लाते कफी छन्। यी दुई ब्रान्डका कफी सहरभरका आफ्ना सबै रेष्टुरेन्टमा उपलब्ध गराउने क्याकडोनाल्डले बताएको छ।

हाल म्याकक्याफेका उत्पादनहरू सीमित स्थानमा मात्र उपलब्ध छन्।

कम्पनीले कुनै अतिरिक्त शुल्कविना ब्रेकफास्ट कम्बो सेटमा अमेरिकानो उपलब्ध गराउने जनाएको छ।

यसका साथै, दुई हङकङ डलर अतिरिक्त शुल्कमा हङकङ स्टाइलको सेतो कफी र पाँच हङकङ डलर अतिरिक्त शुल्कमा लाते उपलब्ध गराइने कम्पनीले जनाएको छ।

क्याकडोनाल्डको यो निर्णयसँगै हङकङका कफी पारखीहरूले विविध प्रतिक्रिया जनाएका छन्।

यो प्रतिक्रिया सामाजिक सञ्जालमा पनि छरिएको देखिन्छ।

‘मैले म्याकडोनाल्डको ब्रेकफास्ट खानुको एउटै कारण कफी हो।’

‘किन? ग्राउन्ड कफी मेरो मनपर्ने हो।’

सञ्जालमा मानिसहरूका यस्तै यस्तै पोस्ट देख्न सकिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .