चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा हुने जी२० सम्मेलनमा सहभागी नहुने

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा हुने जी२० सम्मेलनमा सहभागी नहुने

लि काङ र सी चिनफिङ


नेपालखबर
भदौ १८, २०८० सोमबार १४:४६, हङकङ

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा हुन गइरहेको जी२० शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्।

उक्त सम्मेलनमा सीको सट्टामा स्टेट काउन्सिलका प्रिमियर लि काङ सहभागी हुने भएका हुन्।

सोमबार चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो।

सी अनुपस्थित हुनुको कारणबारे भने मन्त्रालयले खुलाएको छैन। सेप्टेम्बर ९ र १० मा भारतको नयाँदिल्लीमा १८औँ शिखर सम्मेलन हुँदैछ।

भारतले विश्वका धेरै नेताहरूको सहभागितामा सम्मेलनको आयोजना गर्न गइरहेको छ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत पश्चिमी मुलुकका नेता तथा अस्ट्रेलिया, जापान र ब्राजिलका नेताहरू सहभागी हुनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .