हङकङ : सयमै बेचेको खाताबाट लाखौँको अवैध धन्दा, सिधासादा परे प्रहरीको फन्दामा

हङकङ : सयमै बेचेको खाताबाट लाखौँको अवैध धन्दा, सिधासादा परे प्रहरीको फन्दामा

तस्बिर : एससीएमपी


नेपालखबर
भदौ १८, २०८० सोमबार १३:०, हङकङ

हङकङ प्रहरीले बैकिङ कसुर गरेको आरोपमा २९ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूले आफ्नो बैंक खाता अपराधमा संलग्न व्यक्तिहरूलाई बेचेको खुलेको छ।

पक्राउ पर्नेमा १९ देखि ६४ वर्ष उमेर समूहका २० पुरुष र ९ महिला छन्।

उनीहरूको नाममा रहेको बैंक खाताबाट २३ अनलाइन घोटाला र पाँच मनी लाउन्डरिङको गतिविधि भएको प्रहरीले जनाएको छ।

उनीहरूसँग सम्बन्धित खाताबाट भएको अवैध कारोबारको रकम ४७ मिलियन हङकङ डलर रहेको पनि प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूले आफ्नो खाता केही सयदेखि हजारौं हङकङ डलरमा बेचेको वाङतङ जिल्लाको प्रविधि एवं आर्थिक अपराध विभागले बतायो।

यसरी आफ्नो खाता अर्कोलाई बेच्नेहरूमा निर्माण मजदुर, गृहिणी र बेरोजगार व्यक्ति बढी छन्।

प्रहरीले सीमित प्रलोभनमा परेर आफ्नो बैंक खाता अरूलाई चलाउन नदिन वा नबेच्न नागरिकलाई भनेको छ।

नजानीकनै वा जानाजानी सानो प्रलोभनमा पर्दा सम्पत्ति शुद्धीकरणको सामना गर्नुपर्नेतर्फ संकेत गर्दै प्रहरीले नागरिकलाई सम्झाएको हो।

हङकङको कानुन अनुसार मनी लाउन्डरिङको अपराधमा १४ वर्ष जेल सजाय र पाँच मिलियन हङकङ डलर जरिवाना हुन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .