किसन राईलाई मरणोपरान्त आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

किसन राईलाई मरणोपरान्त आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

किसन राई


नेपालखबर
साउन २५, २०८० बिहिबार १८:०, हङकङ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले किसन राईलाई मरणोपरान्त आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ।

हङकङमा रहेर नेपाली पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै संस्थाले राईलाई पुरस्कृत गर्ने घोषणा गरेको हो।

बिहीबार एक प्रेस नोट जारी गर्दै फोनिजले राई लगायत अन्य चार जनालाई विभिन्न विधाबाट पुरस्कृत गरेको जनाएको छ।

संस्थाले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ विभिन्न व्यक्ति तथा संस्थालाई प्रदान गर्ने निर्णय भएको छ।

जसमा दिलिप थापा मगरलाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान र नेपालभाषा टाइम्स दैनिकलाई फोनिज मातृभाषा पत्रकारिता सम्मान प्रदान गरिने भएको छ।

त्यस्तै, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार चाहिँ किसन राई (मरणोपरान्त), देव पचभैया मगर, जीवन लामा र उन्नती चौधरीलाई प्रदान गरिँदै छ।

किसन राई दुई दशक बढी समय हङकङमा पत्रकारिता गरेका व्यक्ति हुन्। उनले एभरेष्ट मिडियामार्फत हङकङका नेपालीलाई सुसूचित गर्दै आएका थिए।

हङकङका नेपालीमाझ नेपाली भाषा उत्थानमा उनको ठूलो भूमिका रहेको छ। उनको दुई वर्ष पहिले नेपाल आएका क्रममा दुर्घटनामा परी निधन भएको थियो।

फोनिजले पुरस्कार तथा सम्मान प्रदान गर्न ‘पुरस्कार तथा सम्मान छनोट समिति’ गठन गरेको थियो। जसको संयोजक निवर्तमान अध्यक्ष डण्ड गुरुङ छन् भने सदस्यद्वयमा आङदावा शेर्पा र मनोज घर्तीमगर छन्।

पुरस्कार तथा सम्मान साउन २७ गते प्रदान गरिने फोनिजले जनाएको छ। संस्थाको २४औँ स्थापना दिवसको अवसर पारेर कार्यक्रम राखिएको हो। कार्यक्रम मोरङको विराटनगरमा हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .