हङकङमा सरकारविरोधी प्रदर्शनकारीलाई सघाउने कोषका दशजना पक्राउ

हङकङमा सरकारविरोधी प्रदर्शनकारीलाई सघाउने कोषका दशजना पक्राउ

तस्बिर : ब्लुमबर्ग


नेपालखबर
साउन २५, २०८० बिहिबार १४:५७, हङकङ

हङकङ राष्ट्रिय सुरक्षा प्रहरीले सन् २०१९ मा भएको सरकार विरोधी प्रदर्शनमा संलग्नहरूलाई मद्दत गर्न स्थापना गरिएको मानवीय राहत कोषसँग सम्बन्धित १० जनालाई बिहीबार पक्राउ गरेको छ। यो कोष हाल भंग भइसकेको छ।

उनीहरूलाई राष्ट्रिय सुरक्षामा खतरा पार्न तथा दंगा भड्काउन विदेशी सेनासँग मिलेर काम गरेको आशंकामा पक्राउ गरिएको हो।

त्यस्तै, हङकङबाट भागेकाहरूलाई आर्थिक सहयोग प्रदान गर्न विदेशी संस्थाहरूसँग चन्दा संकलन गर्ने गरेको आरोप पनि उनीहरूमाथि छ।

पक्राउ पर्नेहरूमा २६ देखि ४३ वर्ष उमेर समूहका ४ पुरुष ६ महिला छन्। उनीहरूसँग प्रहरीले इलेक्ट्रोनिक सामान र सम्बन्धित कागजातहरू बरामद गरेको छ।

गत वर्ष नोभेम्बरमा कोषका पूर्व सचिव सेज चिङ–वी हङकङबाट भाग्ने क्रममा विमानस्थलमा पक्राउ परेका थिए। विदेशी सेनासँग मिलेर काम गरेको आरोप उनीमाथि छ। सन् २०१९ मा स्थापना भएको कोष २०२१ मा भंग भएको थियो।

यस बीचमा कोषले सरकारविरोधी प्रदर्शनमा पक्राउ परी सामाजिक अशान्तिको अभियोग भोगेका तथा आर्थिक कठिनाइको सामना गरिरहेका प्रदर्शनकारीहरूलाई २४३ मिलियन हङकङ डलर सहयोग गरेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .