हङकङको चुनवानमा गुडिरहेको मिनिबसमा आगो लागेको छ।
मंगलबार बिहान दश बजे शिङ मुन भ्याली स्विमिङ पुल नजिकै वाइचुन रोडको रुटमा चल्ने मिनिबसमा आगो लागेको हो।
बसको इन्जिनबाट एक्कासी बाक्लो धुवाँ निस्केपछि चालकले सडकछेउ पुर्याउँदा नपुर्याउँदै आगो बल्न थालेको थियो।
घटनाको सूचना पाएलगत्तै दमकलसहित घटनास्थल पुगेका अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिएका थिए।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
त्यस्तै, अर्को एक घटनामा पुरानो भवनबाट कंक्रिटका टुक्रा खस्दा डबल डेकर बसको छतमा प्वाल परेको छ।
घटना मंगलबार बिहान करिब साढे नौ बजे मङककको नाथन रोडमा भएको हो।
कंक्रिटका टुक्राले डबल डेकरको छतमा पारेको प्वाल। तस्बिर : एससीएमपी
कंक्रिटका टुक्रा खसेको भवन ५७ वर्ष पुरानो रहेको बताइएको छ। उक्त भवनबाट १० दिनअघि पनि कंक्रिटका टुक्रा खसेका थिए।
मंगलबार बिहान खसेको कंक्रिटले बसको छतमा ठूलो प्वाल नै पारेको छ।
यस घटनामा पनि मानवीय क्षति भएको छैन। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।
Shares
प्रतिक्रिया