हङकङको न्याय विभागले सन् २०१९ को सरकारविरोधी आन्दोलनका क्रममा चर्चामा आएको गीत ‘ग्लोरी टु हङकङ’लाई प्रतिबन्ध गर्न आदेश नदिने तल्लो तहको अदालतको निर्णयविरुद्ध पुनरावेदन गरेको छ।
तल्लो अदालतले गीतलाई प्रतिबन्ध गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध विभाग पुनरावेदनमा गएको हो।
गीतलाई प्रतिबन्ध गर्नु राष्ट्रिय सुरक्षाको हितमा हुँदाहुँदै पनि तल्लो अदालतले अस्वीकार गरेकोमा पुनरावेदनमा जानुपरेको विभागका प्रवक्ताले बताएका छन्।
‘यो कदम राष्ट्रिय सुरक्षाको हितमा थियो। यो गीत सन् २०१९ को विरोध प्रदर्शनमा हङकङ स्वतन्त्रताको वकालत गर्न प्रयोग गरिएको थियो,’ प्रवक्ताले भने।
बेइजिङका राजनीतिज्ञहरूले आफूले चाहेको नतिजाको लागि प्रयास गर्न आग्रह गरेको केही दिनपछि विभागले यस्तो निर्णय गरेको हो।
48
Shares
प्रतिक्रिया