बिहीबार हङकङको ताइ पो नजिकै समुद्रमा ‘फिसिङ बोट’मा आगलागी भएको छ।
उक्त डुंगामा आठजना सवार थिए। यद्यपि उनीहरूलाई सकुशल उद्धार गरिएको छ।
ताइ पोको साम मुन साइ रोडस्थित वाटरफ्रन्टबाट १०० मिटर दुरीमा रहेको उक्त डुंगामा हङकङ समय दिउँसो साढे दुई बजे आगो लागेको हो।
आगलागीपछि घटनास्थल पुगेको प्रहरीले डुंगामा सवार मानिसहरूलाई उद्धार गरेको छ। उनीहरू कोही पनि घाइते नभएको बताइएको छ।
१० मिटर लामो उक्त डुंगाको पछाडिको भागमा आगो लागेको थियो।
आगलागीपछि दुईवटा फायरबोट र गोताखोर बोकेका दुई स्पीडबोटसहितको उद्धार टोली घटनास्थल पुगेको थियो। आगो निभाउन दुईवटा वाटर जेट पनि प्रयोग गरिएको छ।
घटनास्थलमा ११ वटा दमकल र दुई एम्बुलेन्स पनि पुगेका थिए। घटनाको १ घण्टासम्म आगो नियन्त्रणमा आएको थिएन।
75
Shares
प्रतिक्रिया