हङकङका तीन वेश्यालयमा छापा, चार महिला पक्राउ

हङकङका तीन वेश्यालयमा छापा, चार महिला पक्राउ

तस्बिर : एससीएमपी


नेपालखबर
साउन १८, २०८० बिहिबार १३:३०, हङकङ

हङकङ प्रहरीले काउलुनको मङककस्थित एक भवनमा रहेका तीन वटा वेश्यालयमा छापा मार्दा चार जना पक्राउ परेका छन्।

नाथन रोडमा रहेको उक्त भवनमा बुधबार राति पक्राउ परेका चार महिलामध्ये एक जना स्थानीय र अन्य तीन चिनियाँ रहेको बताइएको छ।

मुख्यभूमि चीनबाट यौनकर्मी महिलाहरू ल्याइने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा हङकङकी ४४ वर्षीया महिला वेश्यालयको मुख्य सदस्य रहेको देखिएको प्रहरीले बताएको छ।

छापा मार्ने क्रममा प्रहरीले उक्त स्थानबाट १० हजार हङकङ डलर बराबरका कण्डम, मसाज तेल लगायतका सामग्री पनि बरामद गरेको छ।

पक्राउ परेकाहरू बिहीबार बिहानसम्म पनि प्रहरी हिरासतमै छन् भने प्रहरीले यस मुद्दालाई अझ विस्तृत रूपमा अध्ययन गरिरहेको जनाएको छ।

गत महिना पनि प्रहरीले याउ मा तेई क्षेत्रको टेम्पल स्ट्रीटमा छापा मार्दा अर्को एक वेश्यालयबाट १५ र १६ वर्षका दुई चिनियाँ दिदीबहिनी पक्राउ परेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .