गैरआवासीय नेपाली संघ चीनको अध्यक्षमा चौलागाईं

गैरआवासीय नेपाली संघ चीनको अध्यक्षमा चौलागाईं

नवनिर्वाचित अध्यक्ष चौलागाईं नियुक्ति पत्र ग्रहण गर्दै। तस्बिर : चौलागाईंको फेसबुक


नेपालखबर
साउन १२, २०८० शुक्रबार १८:२१, हङकङ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाईं चुनिएका छन्।

आइतबार (२५ जुलाई) चीनको गोन्जाओमा भएको संघको आठौँ राष्ट्रिय महाधिवेशनले शर्मालाई अध्यक्षमा चुनेको हो।

हाल चीनमा बसोबास गर्ने सिन्धुपाल्चोकका चौलागाईं प्रतिद्वन्द्वी विष्णुप्रसाद डुमरुलाई भारी मतान्तरले पछि पार्दै अध्यक्ष निर्वाचित भएका हुन्।

चौलागाईंको पक्षमा २०५ मत खस्दा डुमरुको पोल्टामा ६० मत मात्र परेको थियो। कुल मतदाता २७९ भएको  एनआरएनए चीनको निर्वाचनमा २६७ मत खसेको थियो भने २ मत बदर भएको थियो।

अध्यक्षमा निर्वाचित भएसँगै चौलागाईंले अत्यधिक मतका साथ आफूलाई आफूलाई विजयी गराउने चीनबासी नेपालीलाई धन्यवाद दिएका छन्।

‘गैरआवासीय नेपाली संघ चीनको आठौँ महाधिवेशनबाट मलाई विश्वास गरेर अध्यक्षमा निर्वाचित गर्नुभएकोमा सम्पूर्ण चीनबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ चौलागाईंले भनेका छन्, ‘सदैव यो पदको गरिमा राख्ने गरी आफ्नो जिम्मेवारी पूरा गर्नेछु। म र मेरो टीमले चीनमा बस्ने सबै नेपालीलाई यस संस्थामा समेट्ने र यसलाई अझ उचाइमा लैजान इमान्दार प्रयास गर्नेछ।’

यस क्रममा चौलागाईंले अघिल्लो कार्यसमितिलाई धन्यवाद दिएका छन्।

‘रोहितजीको (२१–२३) कार्यसमितिले गरेका सह्रानीय कामहरूको पनि सम्झना हुनेछ। म नयाँ कार्यसमितिका तर्फबाट धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्।

शर्माको नेतृत्वमा चयन नयाँ कार्यसमितिमा अध्यक्ष पदको लागि मतदान भए पनि अरु पद निर्विरोध भएका थिए।

शर्माको कार्यसमितिका अन्य सदस्यहरूमा यादव अर्याल र राजकुमार खरेल उपाध्यक्ष, प्रदिप नेपाल महासचिव, सूर्यप्रताप राजवंशी र पुन्यवती सुवेदी सचिव, सुरज न्यौपाने कोषध्यक्ष, प्रदीप सिंह सह–कोषध्यक्ष, नविन किशोर दाहाल युवा संयोजक रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा रवि रंजन कुशावाहा, सन्तोष भट्टराई, विकास बान्तावा राई, कृष्ण आचार्य, संजय कोइराला, दिपेश प्रसाईं, प्रकाश धिमाल, सैलेश ठाकुर, कमल सापकोटा, विजय पराजुली, विकास सिग्देल र जेनिका धोजु रहेका छन् ।

साथै, आईसीसी सदस्यमा निवर्तमान अध्यक्ष रोहित अग्रवाल निवार्चित भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .