हङकङमा गर्मीका कारण निर्माण कामदार बेहोस

हङकङमा गर्मीका कारण निर्माण कामदार बेहोस

युनाइटेड क्रिश्चियन अस्पताल। तस्बिर : एससीएमपी


नेपालखबर
साउन १२, २०८० शुक्रबार १७:२२, हङकङ

हङकङमा शुक्रबार गर्मीका कारण निर्माण क्षेत्रमा काम गर्ने एकजना मजदुर बेहोस भएका छन्।

काइतक क्रुज टर्मिनलनजिकैको शिङफुङ रोड साइटमा उक्त घटना घटेको हो।

उक्त साइटमा काम गर्ने अन्य ६ जनाले पनि अस्वस्थ महसुस गरेको बताए।

निर्माण क्षेत्रमा सात मजदुर कार्यरत थिए। उनीहरू सबै पुरुष हुन्।

तातो मौसम र सानो बेसमेन्ट क्षेत्रमा हावा खेल्ने पर्याप्त भेन्टिलेसन नहुँदा घटना घट्न गएको स्रोतले बतायो।

२x४ फुट प्रवेशद्वारा भएको निर्माण क्षेत्र १०० फिट लम्बाइको छ।

मजदुर बेहोस भएपछि घटनास्थल पुगेको अब्जर्भेटरीले हिटस्ट्रोक रिपोर्ट बनाउने समयमा उक्त क्षेत्र आसपासको तापक्रम ३४ डिग्री सेल्सियस रहेको जनायो।

आपत्‌कालीन सेवा घटनास्थल पुग्नुअघि कामदारहरूलाई निर्माण क्षेत्रबाट बाहिर निकालिसकिएको थियो।

बेहोस भएका कामदारको पछि होस खुलेको थियो। प्रहरी स्रोतका अनुसार उनीसहित अन्य तीन जनालाई उपचारका लागि क्वान तङस्थित युनाइटेड क्रिश्चियन अस्पताल पठाइयो भने अन्य तीन सामान्य अवस्थामा फर्किसकेका थिए।

हङकङ अब्जर्भेटरीले बिहानै सूचना मार्फत शुक्रबार हङकङको तापक्रम तातो हुने हुँदा उच्च सतर्कता अपनाउन अपिल गरेको थियो।

अब्जर्भेटरीले भन्यो, ‘रोजगारदाताले मौसमको ख्याल गरी सम्भावित जोखिम, रोकथामको उपाय तथा नियन्त्रणको पनि ख्याल गर्नु पर्दछ।’

त्यस्तै, श्रम विभागले पनि गर्मी मौसममा काम गर्दा उपयुक्त उपायहरू अवलम्बन गर्न रोजगारदाता एवं कामदारलाई सुझाएको छ।

‘रोजगारदाताले जोखिमको मूल्यांकन गरी आवश्यक रोकथाम र नियन्त्रणका उपायहरू अवलम्बन गर्नु पर्दछ,’ विभागले भन्यो, ‘काम गर्ने समय पुनःनिर्धारण, काम गर्ने क्षेत्रलाई शीतलता प्रदान, पर्याप्त भेन्टिलेसनको व्यवस्था, तातो खपत गर्ने उपकरणहरूको व्यवस्था, कामदारहरूले पर्याप्त पानी पिउने तथा आराम गर्ने आदि नियन्त्रणका उपाय हुन सक्छन्।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .