बढी भाडा लिने ट्याक्सीलाई ‘डिमेरिट’ अंकसहित कारवाही गर्न हङकङ सरकारको प्रस्ताव

बढी भाडा लिने ट्याक्सीलाई ‘डिमेरिट’ अंकसहित कारवाही गर्न हङकङ सरकारको प्रस्ताव

नेपालखबर
असार २२, २०८० शुक्रबार ११:५०, हङकङ

बढी भाडा लिने, गन्तव्यमा जान अस्वीकार गर्ने तथा खराब व्यवहार गर्ने ट्याक्सी चालकलाई 'डिमेरिट' अंकसहित कारवाही गर्न हङकङ सरकारले प्रस्ताव गरेको छ।

कारवाहीजन्य ११ प्रकारका बुँदा सार्वजनिक गर्दै तीन समूहमा विभाजन गरेर तीन, पाँच र दश 'डिमेरिट' अंक दिन सकिने प्रस्तावमा भनिएको छ। ट्याक्सी चालकले यसरी प्राप्त गरेको अंक दुई वर्षसम्ममा १५ वा सो भन्दा बढी पुगेमा ऊ निलम्बनमा पर्नेछ। जसको सजायस्वरुप ऊ पहिलो पटक तीन महिनासम्म ट्याक्सी चलाउन अयोग्य हुनेछ।

प्रस्ताव अनुसार, बढी भाडा लिने, यात्रुको अनुरोध अस्वीकार गर्ने जस्ता खराब व्यवहारमा १० अंक दिइनेछ। त्यस्तै, सिधा बाटो हुँदाहुँदै घुमाउरो बाटो प्रयोग गर्ने र गाडीको सीट क्षमता बराबरका यात्रु संख्या बोक्न अस्वीकार गरेमा पाँच र तीन अंक दिइनेछ।

ट्याक्सी सञ्चालकहरूले सरकारको यो कदमको स्वागत गरेका छन्। तर, उनीहरूले उबर जस्ता अवैध सेवाहरूलाई कारवाही गरिनुपर्ने माग पनि राखेका छन्।

‘सरकारको कदम उपयुक्त छ। 'ओभर चार्जिङ' जस्ता खराब व्यवहारलाई नियमन गरिनुपर्छ,’ हङकङ ट्याक्सी एण्ड पब्लिक लाइट बस एसोसिएसनका अध्यक्ष चाउ क्वोक–केउङले भने, ‘तर, त्यस्ता चालकहरू निकै कम मात्र छन्। हाम्रा अधिकांश चालक राम्रो व्यवहार गर्दछन्।’

त्यस्तै, लेजिस्लेटिभ काउन्सिलको यातायात प्यानलका अध्यक्ष बेन चान हान-पानले ट्याक्सीको ड्यासबोर्डमा क्यामेरा जडान गर्न चालकहरूलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए। यसो गरेमा भोलि कुनै कानुनी झमेला परेमा निर्णय लिन सजिलो हुने उनको राय थियो। साथै, राम्रो काम गर्ने चालकलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था राख्न चानको सुझाव थियो।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .