बिहीबार बिहान हङकङमा ३ घण्टाभन्दा कम समायवधिमा १० हजारभन्दा बिजुली चम्किएको रेकर्ड कायम भएको छ। वर्षाको चेतावनीको बीचमा ३ घण्टाभन्दा कम समयमा धेरै बिजुली चम्किएपछि सावधानी अपनाउन आग्रह गरिएको छ।
बिहान ५:१५ बजेदेखि ८ बजर्सम्मको एम्बर संकेतले सहरमा भारी वर्षा भएकाले कतिपय जिल्लामा जोखिम बढेको भन्दै सचेत गराइएको हो। प्रतिघण्टा ३० मिलिमिटरसम्म पानी परेको त्यहाँको मौसम पूर्वानुमान शाखाले जनाएको छ।
केही जिल्लामा ठूलो बाढी आउन सक्ने भन्दै चेतावनी गराइएको छ।
'विशेषगरी इजल्याण्ड र टुइनमुन जिल्लामा भारी वर्षा भइरहेको छ, घण्टामा ७० मिलिलिटरसम्म पानी परिरहेको वा पर्ने सम्भावना छ,' मौसम पूर्वानुमान शाखाले भनेको छ। एकै घण्टा ३ हजार पटकसम्म बिजुली चम्किएको रेकर्ड छ।
वर्षासँगै १ सय किलोमिटर प्रतिघण्टा गतिको आँधीको पनि सम्भाभवना रहेको भन्दै सुरक्षित रहन अनुरोध मौसम शाखाले गरेको छ। जोखिमयुक्त क्षेत्र र नदी किनारबाट सुरक्षित स्थानमा स्थानान्तर हुन पनि अनुरोध गरिएको छ।
प्रतिक्रिया