अंग्रेजी परीक्षा कठिन हुँदा हङकङे विद्यार्थीले मिसेल ओबामामाथि पोखे रिस

अंग्रेजी परीक्षा कठिन हुँदा हङकङे विद्यार्थीले मिसेल ओबामामाथि पोखे रिस

नेपालखबर
बैशाख ११, २०८० सोमबार १९:१८, हङकङ

कुनै पनि परीक्षामा सहभागी परीक्षार्थीले भनेजस्तो लेख्न नसक्दा निराशा व्यक्त गर्नु अनौठो होइन। तर, यसपटक हङकङको युनिभर्सिटी प्रवेश परीक्षामा सहभागीहरुको निसाना एक अनपेक्षित व्यक्तितिर सोझिएको छ– मिसेल ओबामा।

डिप्लोमा अफ सेकेन्डरी एजुकेसन (डीएसई) परीक्षाको प्रश्नपत्रमा मिसेलको संस्मरण ‘बिकमिङ’को एक हिस्सा समावेश थियो। जुन निकै कठिन रहेको परीक्षार्थीहरुको अनुभव रह्यो।

त्यसपछि परीक्षार्थीहरुले मिसेल र ओबामा परिवारलाई गाली गर्न थाले। कतिपयले अपशब्द समेत प्रयोग गरेका छन्।

‘यदि मैले उच्च ग्रेड पाइनँ भने त्यो तिम्रो जिम्मेवारी हुनेछ,’ एक परीक्षार्थीले लेखेका छन्।

‘तिमीले मेरो २०२३ को डीएसईलाई २०२४ को डीएसई अभ्यास बनायौ,’ अर्का परीक्षार्थीले लेखेका छन्।

हङकङको परीक्षा तथा मूल्यांकन प्राधिकरणले भने परीक्षार्थीहरुलाई विनम्र र सम्मानजनक तरिकाले आफ्नो विचार राख्न आह्वान गरेको छ।

शुक्रबार भएको परीक्षामा ४७ हजार ४ सय सहभागी थिए। पढेर बुझ्ने क्षमता मूल्यांकन गर्ने यो विषयको परीक्षाको प्रश्न पत्रमा एउटा खण्ड अनिवार्य हुन्छ। अर्को खण्डमा ‘बी १’ र ‘बी २’ मध्ये एउटा रोज्नुपर्ने हुन्छ। जसमा बी १ सजिलो र बी २ कठिन मानिन्छ।

तर, सबैभन्दा उच्च ग्रेड प्राप्त गर्न चाहनेले बी २ खण्डको जवाफ दिनुपर्ने हुन्छ।

यही खण्डमा यसपटक ओबामाको मदर्स डेसम्बन्धी निजात्मक निबन्ध समावेश थियो। जसमा उनले आफ्नो व्यक्तित्व विकास, उनले पियानो बजाउन कसरी सिकिन् र उनको आमाको सन्तान हुर्काउने शैलीबारे चर्चा गरेकी छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .