‘सुनौलो सप्ताह’ मा ६ लाख चिनियाँ पर्यटक हङकङ आउने अनुमान

मलहरुले ल्याए उपहार योजना
‘सुनौलो सप्ताह’ मा ६ लाख चिनियाँ पर्यटक हङकङ आउने अनुमान

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १५:२६, हङकङ

हङकङका सपिङ मलहरुले चिनियाँ पर्यटकलाई आकर्षित गर्न एक साताभर भारी छुट र उपहार दिने भएका छन्। 

तीन वर्षसम्म कोभिडका कारण बन्द सीमा खुलेपछि पहिलो पटक श्रम दिवसको सेरोफेरोमा हुने पाँच दिने दिवसमा लाखौँ चिनियाँ पर्यटक हङकङ आउने अपेक्षा गरिएको छ।

अप्रिल २९ देखि मे ३ सम्म हुने विदालाई ‘सुनौलो सप्ताह’ भन्ने गरिन्छ। त्यसबेला भीड व्यवस्थापनका लागि सहरको रेल सेवाले समेत तयारी गरेको छ।

उक्त सातामा ४६ लाख मानिसले हङकङका जल, थल र हवाई मार्गका नाकाहरु पार गर्ने अनुमान  अध्यागमन विभागले गरेको छ।

ट्राभल इन्डस्ट्री काउन्सिलले ६ लाख चिनियाँ पर्यटक हङकङ आउने प्रक्षेपण गरेको छ। कोभिड १९ अघि यो संख्या झण्डै १३ लाख थियो।

पर्यटक आकर्षित गर्न सहरका ठूला मलहरुले उपहार दिने योजना अघि सारेका छन्। १२ मल सञ्चालन गरिरहेको सुन हुङ काइ प्रोपर्टिजले करिब एक करोड हङकङ डलर उपहारमा खर्चिने जनाएको छ।

त्यसका लागि पर्यटकहरुले निश्चित रकमको किनमेल गर्नुपर्ने हुन्छ। 

त्यस्तै, मल तथा रेस्टुराँहरुले लक्की ड्रमार्फत ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन्।

ओसन पार्क, हङकङ डिज्नील्यानड रिसोर्टलगायत पर्यटकीय आकर्षणका केन्द्रहरु यो अवधिभर हरेक दिन खुला रहनेछन्। एससीएमपी 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .