हङकङमा ‘क्राइम सिन’ बाट हराएको आइप्याड प्रहरीको घरमा भेटिएपछि...

हङकङमा ‘क्राइम सिन’ बाट हराएको आइप्याड प्रहरीको घरमा भेटिएपछि...

नेपालखबर
चैत २३, २०७९ बिहिबार १५:५२, हङकङ

हङकङमा लुटपाटको घटना भएको स्थानबाट हराएको आइप्याड अनुसन्धानका लागि गएका प्रहरी अधिकारीको घरमा फेला परेको छ। यससँगै ती प्रहरी अधिकारी पक्राउ परेका छन्।

शुक्रबार बिहान सेउङ सुइस्थित सेन्ट एन्ड्रयुज प्लेसमा लुटपाटको घटना भएपछि त्यहाँ ती २९ वर्षीय प्रहरी अधिकारीलाई खटाइएको थियो।

सो फ्ल्याटबाट दुई वटा घडी, गहना र नगद चोरिएको थियो। जुन क्रममा झ्याल र ढोका समेत फुटाइएको थियो।

सो फ्ल्याटमा एक ६५ वर्षीया महिला बस्छिन्। प्रहरी आएर फर्केपछि उनले राति फेरि फोन गरिन् र आफ्नो आइप्याड हराएको बताइन्।

प्रहरीले आइप्याड ट्रयाक गर्न थाल्यो। जुन वाह मिङ रोडको एउटा भवनमा देखिन्थ्यो। तर, तत्काल फेला पार्न भने सकेन। 

अन्ततः आइप्याड शनिबार बिहान भवनमै फेला पर्यो। अनुसन्धानकर्ताहरुले सोही भवनमा ती प्रहरी अधिकारी बस्नेगरेको थाहा पाए।

प्रहरीले उनको फ्ल्याटमा पनि तलासी लियो। जहाँ एउटा नेकलेस र एउटा ब्रासलेट पनि फेला परे। जुन चोरीकै भएको पुष्टि भयो।

ती प्रहरीलाई निलम्बन गरेर पक्राउ गरिएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .