हङकङबासीले हजार डलर विद्युत अनुदानको पहिलो किस्ता जुनमा पाउने

हङकङबासीले हजार डलर विद्युत अनुदानको पहिलो किस्ता जुनमा पाउने

नेपालखबर
चैत २२, २०७९ बुधबार १७:२, हङकङ

हङकङ सरकारले विद्युत महसुलमा नागरिकलाई दिने अनुदानको पहिलो किस्ता जुन महिनामा दिने अधिकारीहरुले बताएका छन्। सरकारले जम्मा १ हजार हङकङ डलर अनुदान दिने जनाएको छ।

सो अनुदान १२ किस्तामा दिइनेछ। सहरका दुईमध्ये एक विद्युत कम्पनीसँग उपभोक्ताहरुको खातामा सो रकम हालिनेछ।

संसदमा पेस गरिएको दस्तावेजमा सो रकमको पहिलो किस्ता छिटोमा जुनमा दिइने उल्लेख छ।

फेब्रुअरीमा वित्तमन्त्री पौल चानले बजेट घोषणा गर्दा सो अनुदान दिने बताएका थिए।

‘हामी हरेक महिनाको पहिलो दिन हङकङका बासिन्दाको विद्युत खातामा ८० डलर रकम ११ महिनासम्म दिनेछौँ। १२ औँ महिनामा भने १२० डलर दिनेछौँ,’ संसदमा पेस गरिएको कागजातमा भनिएको छ।

सो रकम ३१ डिसेम्बर २०२५ सम्ममा उपभोग गरिएको विद्युत महसुल तिर्नमा खपत हुनुपर्नेछ।

यो अनुदान योजनाअन्तर्गत २.९ अर्ब हङकङ डलर खर्च अनुमान गरिएको छ। 

हङकङका दुई विद्युत कम्पनी सीएलपी पावर र एचके इलेक्ट्रिकले २९ लाख परिवारलाई सेवा दिन्छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .