फेब्रुअरी महिनामा हङकङ विमानस्थल भएर यात्रा गर्ने हवाई यात्रुको संख्या अघिल्लो वर्षको तुलनामा २४ गुणाले बढेको छ। तर, सो संख्या अझै पनि महामारीअघिको संख्याको ४० प्रतिशत मात्र भएको बताइएको छ।
आइतबार विमानस्थल प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरी महिनामा हङकङ विमानस्थलले करिब २१ लाख यात्रुलाई सेवा दियो।
‘यात्राका नियमहरु खुकुलो पारिएका कारण सबैखाले यात्रुहरुको संख्या बढेको छ, खासगरी हङकङका बासिन्दाहरुको,’ प्राधिकरणले भनेको छ।
त्यसपछि दक्षिणपूर्वी एसिया तथा जापानबाट आउने र ती स्थान जाने यात्रुको संख्या बढेको छ।
तर, २०२० भन्दाअघिको तहमा यात्रुको चाप पुग्न सकेको छैन।
२०१९ को फेब्रुअरीमा ५९ लाख यात्रुले हङकङ विमानस्थलमा उडान र अवतरण गरेका थिए।
पर्यटन क्षेत्रमा काम गरेका एक सांसदले एयरलाइन्सहरुले उडान संख्या बढाउनुअघि नै सरकारले विमानस्थलको व्यवस्थापनमा ध्यान दिएको भए यात्रुको संख्या अझ बढ्ने बताए। एससीएमपी
प्रतिक्रिया