हङकङमा मास्क लगाउनुपर्ने नियम हटेपछि मुख्यभूमि चीनबाट ठूलो संख्यामा पर्यटक आए। तैपनि कोभिड संक्रमितको संख्या भने बढेको छैन।
कोभिड कम हुनुको कारण मुख्यभूमि र हङकङ दुवै मिलेर हाइब्रिड प्रतिरोध कायम भएको अधिकारीहरुले बताएका छन्।
तर, मास्क हटेसँगै हङकङमा रुघाखोकीको संक्रमण भने फैलिएको छ।
गएको तीन वर्षदेखि नलागेको श्वासप्रश्वाससम्बन्धी संक्रमण हङकङबासीमा फैलिएको जनाइएको छ।
सार्वजनिक अस्पताल र निजी क्लिनिकहरुमा रुघाखोकीको समस्या लिएर आउनेहरुको संख्या बढेको छ।
यद्यपि, रुघाखोकी पनि हालसम्म न्यून दरमै लागेको अस्पतालहरुले जनाएका छन्।
मास्क अनिवार्य लगाउनुपर्ने नियम हट्नाले यो समस्या देखिएको विज्ञहरु बताउँछन्।
फेब्रुअरी ६ देखि मुख्यभूमिसँग हङकङको सीमा बिनाकुनै बारबन्देज पूर्ण रुपमा खुला भएको थियो। एससीएमपी
चैत ६, २०७९, साेमबार
प्रतिक्रिया