हङकङमा आँखा पोल्ने स्प्रे छर्कदैँ नकाबधारी प्रदर्शनकारी लखेटे प्रहरीले

हङकङमा आँखा पोल्ने स्प्रे छर्कदैँ नकाबधारी प्रदर्शनकारी लखेटे प्रहरीले

नेपालखबर
पुस १२, २०७६ शनिबार १२:१७,

दिउँसो ३ बजेदेखि प्रदर्शनकारीहरु स्युङ सुइस्थित ल्यान्डमार्क नर्थ सपिङ सेन्टरमा भेला भएका थिए।

उनीहरुले चीनका व्यापारीहरुको पसल अगाडि ‘चीन फर्क’ भन्दै नारा लगाएका थिए। प्रदर्शन सुरु भएपछि प्रहरीले उनीहरुलाई बाहिर निकाल्ने प्रयत्न गरेको थियो।

तर उनीहरुले प्रहरीको अनुरोध नमानेपछि हङकङका दंगा प्रहरीले उनीहरुमाथि आँखा पोल्ने स्प्रे ‘पेपर स्प्रे’ प्रहार गरेका थिए।

त्यसपछि भने प्रदर्शनकारीहरु तित्तरबित्तर भएको एससीएमपीले जनाएको छ। सो क्रममा १५ जना प्रदर्शनकारी पक्राउ परेका छन्।

An undercover police officer and a protester clash inside the Landmark North shopping centre. Photo: Winson Wong

केही प्रदर्शनकारीहरु हङकङका विभिन्न एमटीआर स्टेसनमा पनि भेला भएका थिए। उनीहरुले मुख्य क्षेत्र चीनका पर्यटकको झोला तथा सुटकेसमा लात्ता प्रहार गरेको एससीएमपीले उल्लेख गरेको छ।

गत सोमबार देखि सरकारविरोधी प्रदर्शनकारीले हङकङमा प्रदर्शन थालेका छन्। यद्यपी प्रदर्शनमा सानो समूह मात्र सहभागी भएको जनाइएको छ।

सोमबारदेखि शनिबारसम्म ३३६ जना प्रदर्शनकारी पक्राउ परेका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .