हङकङको क्यान्डी कारखानामा मिक्सिङ मेसिनमा खसेर कामदारको मृत्यु

हङकङको क्यान्डी कारखानामा मिक्सिङ मेसिनमा खसेर कामदारको मृत्यु

नेपालखबर
माघ २, २०७९ सोमबार १५:३८, हङकङ

हङकङस्थित एक क्यान्डी कारखानामा मिक्सिङ मेसिनमा खसेर ६४ वर्षीया कामदारको मृत्यु भएको छ। सोमबार बिहान साढे ८ बजे सुएन वानस्थित सा सुइ रोडको सुपरलक इन्डस्ट्रियल सेन्टरमा सो घटना भएको थियो।

‘एक कामदारले प्रहरीलाई महिला उनको महिला सहकर्मी मिक्सिङ मेसिनमा खसेको भन्दै फोन गरिन्,’ प्रहरी प्रवक्ताले भने।

सो दुर्घटनामा पीडितको करङ र कुम भाँचिएको थियो हो भने हात जलेको थियो। घाइते अवस्थामा उनलाई यान चाइ अस्पताल पुर्याइएको थियो।

१० बजेलगत्तै उनको मृत्यु भएको छ।

खुट्टा चिप्लेर ती महिला ८८ सेन्टिमिटर अग्लो मेसिनमा खसेकी थिइन्। जसमा त्यतिबेला चिनी र पानी मिसाइँदै थियो। 

ती महिला कारखाना प्रमुखकी आमा भएको बताइएको छ।

यो घटनालाई औद्योगिक दुर्घटनाअन्तर्गत राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। एससीएमपी
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .