हङकङमा हाइकिङ गएका बाबुको मृत्यु, छोराको उद्धार

हङकङमा हाइकिङ गएका बाबुको मृत्यु, छोराको उद्धार

नेपालखबर
पुस ११, २०७९ सोमबार ११:८, हङकङ

हङकङमा क्रिसमसको पूर्वसन्ध्यामा हाइकिङ गएका बाबुछोरामध्ये बाबुको मृत्यु भएको छ भने छोराको उद्धार गरिएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार आइतबार हङकङको पर्वतीय क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरिएका ६१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। उनी र उनका छोरा हाइकिङमा हराएको भन्दै प्रहरीमा उजुरी परेको १७ घण्टामा उनलाई प्रहरीले फेला पारेको थियो।

लुङ चुन काउ नाम गरेका उनलाई हेलिकोप्टरबाट  पामेला योउडे नेदर्सडेल इस्टर्न हस्पिटलमा भर्ना गरिएको थियो। पछि डाक्टरले उनलाई मृत घोषित गरेका थिए। उनको मृत्युको कारण भने खुलाइएको छैन। 

उनका १८ वर्षीय छो।रा मार्क लुङ चियान–चेनलाई भने प्रहरीले उद्धार गरेको छ। अहिले उनको नर्थ लान्टाउ हस्पिटलमा उपचार भइरहेको छ। पछिल्लो केही समययता हङकङमा हाइकिङ जाँदाको दुर्घटनामा परी मृत्यु भएका घटना बढेका छन्।

हङकङले हाइकिङ जाँदा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै आवश्यक सतर्कताका उपायहरु प्रयोग गर्दै आएको छ। यसरी हाइकिङमा जाँदा हराएका मानिसको उद्धारको लागि सरकारले सरकारी फ्लाइङ सर्भिस हेलिकोप्टरको प्रयोग गर्दै आएको छ। 

साथै प्रहरीले पनि मानिसहरुलाई हाइकिङमा जाँदा आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .