हङकङले आगामी जनवरीको मध्यदेखि पूर्णरुपमा सिमानामा लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ।
कोभिड–१९ नियन्त्रणको लागि भन्दै लगाइएको सीमासम्बन्धी सबै किसिमको प्रतिबन्ध हटाउने प्रस्तावबारे अहिले छलफल भइरहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। अहिलेको अघि सारिएको प्रस्तावले पूर्णता पाए लुनार नयाँ वर्षभन्दा केही साता पहिला हङकङको सीमासम्बन्धी प्रतिबन्ध हट्नेछ।
हङकङका प्रमुख कार्यकारी जोन ली बेइजिङ भ्रमणबाट फर्किएपछि यस्तो बताएका हुन्। पछिल्लो समय हङकङ भित्र र बाहिर दुवैतर्फ कोरोना संक्रमण बढ्दो क्रममा रहेको अवस्थामा कुन मितिबाट सीमासम्बन्धी प्रतिबन्ध हट्छ भन्ने विषय भने केन्द्र सरकारले नै निर्णय गर्ने जोन लीले बताएका छन्।
उनले भने, ‘म अहिले के घोषणा गर्न सक्छु भने बहुप्रतीक्षित मेनल्याण्डसँगको सीमा खोल्ने लक्ष्य हात पार्न सकिन्छ।’
यसको लागि बेइजिङबाट हरियो संकेत पाएको पनि उनले उल्लेख गरेका छन्। यसका लागि आगमी दिनमा गुआङडोङ र सेन्जेनका अधिकारीहरुसँग पनि छलफल गर्ने उनको भनाइ छ। उनीहरुसँगको वार्तापछि अन्तिम सहमतिका लागि केन्द्र सरकारलाई पठाइने उनको भनाइ छ।
सरकारी स्रोतका अनुसार पूर्णरुपमा सीमा प्रतिबन्ध हटे पनि अवस्था कोरोना कालभन्दा पहिलाको अवस्थामा भने आउने छैन। हङकङ प्रमुख लीले प्रतिबन्धको निर्णय दुवैतर्फको कोरोना संक्रमणको आधारमा तय हुनेछ।
प्रतिक्रिया