आवागमन सुरु भएपछि हङकङले मुख्यभूमिसँगको नाकामा हजारौँ अधिकृतहरु खटाउने

आवागमन सुरु भएपछि हङकङले मुख्यभूमिसँगको नाकामा हजारौँ अधिकृतहरु खटाउने

नेपालखबर
पुस २, २०७९ शनिबार १५:२९, काठमाडौँ

अर्को महिनादेखि मुख्यभूमि चीनसँगको हङकङको सीमा पूर्ण रुपले खुला गरिँदैछ। त्यतिबेला बढ्ने आवतजावतलाई व्यवस्थित गर्न सीमामा हजारौँ भन्सार, आप्रवास तथा प्रहरी अधिकारीहरुलाई खटाइने भएको छ।

एक सरकारी स्रोतले बताएअनुसार सम्बन्धित विभागहरुले भन्सारको चेकप्वाइन्टहरुमा आवागमन अनुमति दिने प्रणालीको परीक्षण गर्न लागिएको छ। क्वाङतोङ प्रान्तसँग जोडिने हाइस्पिड रेलमार्ग र सीमामा रहेका अन्य स्टेसनहरुमा पनि यो व्यवस्था गर्न लागिएको छ।

अर्को स्रोतले जनाएअनुसार हङकङको रेल सञ्चालकले निरन्तर परीक्षण गरेर सेवा सुरु गर्ने तयारी थालेको छ।

‘सीमाका धेरैजसो चेकप्वाइन्टहरु बन्द भए पनि गएको तीन वर्षमा त्यहाँका कर्मचारीहरुले सुरक्षा, जाँच र मर्मतको काम नियमित गरिरहेका थिए,’ स्रोतले भन्यो।

अहिले यात्रुहरु विमानबाट वा सेन्चेन बे र हङकङ–चुहाइ–मकाओ पुल हुँदै चीन प्रवेश गर्न सक्छन्। तर, अब आउँदा महिनाको सुरुबाटै सम्पूर्ण नाकाहरु खुला गरिनेछ। 

पछिल्लो समय चीन तथा हङकङ दुवैले कोभिडसम्बन्धी नियमहरु खुकुलो पार्दै लगेपछि यस्तो निर्णय गरिएको छ। एससीएमपी 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .