चौथो खोप नलगाई खुला गरे चीनमा कोभिडबाट १० लाखको मृत्यु हुनसक्छ : अध्ययन

चौथो खोप नलगाई खुला गरे चीनमा कोभिडबाट १० लाखको मृत्यु हुनसक्छ : अध्ययन

नेपालखबर
पुस १, २०७९ शुक्रबार १५:४८, काठमाडौँ

नागरिकलाई कोभिडको चौथो बुस्टर डोज नदिई र रोकथामको उपाय नअपनाई चीनले सबै प्रतिबन्ध हटाउने हो भने झण्डै १० लाख जनाको ज्यान जानसक्ने युनिभर्सिटी अफ हङकङको एक अध्ययनले देखाएको छ।

अध्येताहरुले स्वास्थ्य सेवा लथालिंग हुन नदिन र मृत्युदर उच्च हुन नदिन विभिन्न रणनीति आवश्यक पर्ने बताएका छन्।

‘चौथो खोप, एन्टिभाइरल औषधिहरु र रोकथामका उपायबिना महामारी सबै प्रान्तमा एकैपटक बढ्ने देखिन्छ,’ अध्येताहरुले लेखेका छन्।

‘यस्तो अवस्थामा यथास्थितिमै सबैथोक खुला गर्ने हो भने प्रति १० लाख ६८४ जनासम्मको ज्यान जान सक्छ,’ अध्ययनमा भनिएको छ।

यसअनुसार २०२० सम्ममा १.४१ अर्ब जनसंख्या भएको चीनमा ९ लाख ६५ हजारको ज्यान जानसक्ने देखिन्छ। भर्खरैसम्म शून्य कोभिड नीति अपनाएको चीनमा ५ हजार २५३ जनाको ज्यान गएको छ।

कोभिडका कारण हिँडडुलमा लामो समय प्रतिबन्ध लगाइएपछि गत केही साता चीनमा असन्तुष्टि चर्किएको थियो। यसविरुद्ध प्रदर्शनहरु भएका थिए। त्यसैले चीनले शून्य कोभिडको नीति त्यागेको थियो। 

तर, डिसेम्बरदेखि अर्को जनवरीसम्म पुरै खुला छाडिदिने हो भने संक्रमितहरुको बढ्दो संख्यालाई व्यवस्थापन गर्न स्वास्थ्य सेवा प्रणालीले नसक्ने अध्येताहरुको भनाइ छ।

शून्य कोभिडबाट निस्किने ठोस रणनीति आवश्यक रहेको उनीहरुको भनाइ छ। एससीएमपी

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .