निरन्तरको विस्तारमा कोरोनाले उकासेको हङकङको अनलाइन फुड डेलिभरी व्यवसाय

निरन्तरको विस्तारमा कोरोनाले उकासेको हङकङको अनलाइन फुड डेलिभरी व्यवसाय

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ९:३२, हङकङ

हङकङको दुई प्रमुख फुड डेलिभरी सेवा प्रदायकले पछिल्लो  समय निरन्तर आफूहरुको बजार बढ्दो क्रममा रहेको बताएका छन्।

कोभिड–१९ को महामारीको कारण हङकङमा उल्लेख्यमात्रामा यो व्यवसाय फस्टाएको थियो। यो क्रम पछिल्लो समय अवस्था सामान्य हुँदै गए पनि अहिले कायमै छ। 

हङकङमा अनलाइन फुड डेलिभरीको सेवा दिँदै आएको फुडपाण्डाले सोमबार आफूहरुसँग २०२० को सुरुवातको तुलनामा अहिले ६० प्रतिशत धेरै सक्रिय ग्राहक रहेको बताएको छ।

त्यस्तै अर्को सेवा प्रदायक डेलिभरोले महामारीपूर्वको तुलनामा अहिले अनलाइनमा आउने अर्डर २२ प्रतिशतले बढेको बताएको छ। ग्राहकको विषयमा जानकारी राख्ने एप एनीका अनुसार अक्टोबरसम्ममा फुडपाण्डका १२ लाख ४४ हजार ९२६ सक्रिय प्रयोगकर्ता थिए भने डेलिभरोका ७ लाख ५ हजार ३४८ सक्रिय प्रयोगकर्ता थिए। 

पछिल्लो तीन वर्षमा हङकङका रेष्टुरेन्टमा खाना खानको लागि बेलुका ६ बजेपछि प्रतिबन्ध लगाइएको थियो भने खाना खाने मानिसको संख्या पनि सीमित बनाइएको थियो। त्यसैले पनि मानिसहरुमा अनलाइन फुड डेलिभरीप्रतिको आकर्षण बढेको हो। अक्टोबर १२ बाट भने सरकारले रेष्टुरेन्टहरुमाथिको प्रतिबन्ध खुकुलो पारेको छ।

डेलिभरोका महाप्रबन्धक एन्ड्र्यु हुई ची–यिन भने आगामी दिनमा पनि यो व्यवसाय निरन्तर विस्तार हुनेमा विश्वस्त छन्। उनका अनुसार पछिल्लो एक सर्वेक्षणले पनि ६५ प्रतिशत ग्राहकले आगामी १२ महिनामा आफूले अनलाइनमार्फत खाना अर्डरको क्रम बढाउने योजना बनाइरहेको देखाएको उल्लेख गरे। त्यस्तै सेवा प्रदानको लागि आफूसँग जोडिएका ९५ प्रतिशत रेष्टुरेन्टहरुले पनि आफूहरुले अनलाइनमार्फत दिने सेवा पनि जारी राख्ने बताएको उनको भनाइ छ। 

फुडपाण्डाका प्रबन्ध निर्देशक रयान लाई वाई–यान पनि आगामी दिनमा अनलाइन फुडको व्यापारको विस्तार जारी रहनेमा विश्वस्त छन्। पछिल्लो समय मानिसहरु अनलाइन फुड डेलिभरीबाट सन्तुष्ट रहेको उनको बुझाइ छ। उनका अनुसार पछिल्लो समय धेरै रेष्टुरेन्टहरु नै अनलाइनमा निर्भर रहन थालेका छन्। 

धेरै प्रयोगकर्ताहरुले पनि आफूहरु अनलाइन डेलिभरीबाट सन्तुष्ट रहेको र आगामी दिनमा पनि आफूहरुले अनलाइनबाट खाना अर्डर गर्न जारी राख्ने बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .