राष्ट्रगानको सट्टा बज्यो सरकारविरोधी गीत, अनुसन्धान गर्न हङकङको माग

राष्ट्रगानको सट्टा बज्यो सरकारविरोधी गीत, अनुसन्धान गर्न हङकङको माग

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ९:२९, हङकङ

दक्षिण कोरियामा भएको हङकङ र घरेलु टोलीबीचको खेलअघि बजाइएको राष्ट्रगानबारे विवाद उत्पन्न भएको छ। उ

क्त खेलमा चिनियाँ राष्ट्रगानको सट्टामा सन् २०१९ मा हङकङमा भएको सरकारविरोधी आन्दोलनसँग सम्बन्धित ‘ग्लोरी टू हङकङ’ गीत बजेको थियो। घटनासँगै हङकङले यस विषयमा पूर्ण अनुसन्धानको लागि माग गरेको छ। 

आयोजकले भने कनिष्ठ कर्मचारीले गम्भीर त्रुटिको कारण यस्तो भएको बताएको छ। आइतबार भएको रग्बी खेलमा हङकङको टोलीले दक्षिण कोरियालाई दोस्रो लेगमा पराजित गरेको थियो। एसियन रग्बी सेभेन सिरिज अन्तर्गत उक्त खेल भएको हो।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडियोमा राष्ट्रगानको सट्टा अर्कै गीत बजेपछि खेलाडी र कर्मचारीहरु अलमलिएका थिए। हङकङ चीनको एक भाग भएकाले कुनै पनि हङकङको खेलमा ‘मार्च अफ द भोलिटियर्स’ नामक चिनियाँ राष्ट्रगान बजाइन्छ।

‘ग्लोरी टू हङकङ’ सन् २०१९ को सरकारविरोधी आन्दोलनको क्रममा बनाइएको गीत हो। साथै पछि यो विरोधीहरुको गीत बनेको थियो। यो गीतमा नयाँ सुरुवात गरौं हङकङ स्वतन्त्र गरौंजस्ता शब्दहरु उल्लेख गरिएको छ। हङकङको राष्ट्रिय सुरक्षा कानुनअनुसार यस किसिमको गीत बनाउनु अवैध हो। 

सोमबार हङकङ सरकारका प्रवक्ताले रग्बीको प्रतियोगितामा सरकारविरोधी गीत बजाइएकोमा आपत्ति व्यक्त गरे। आयोजकलाई टोलीका प्रशिक्षकले सही राष्ट्रिय गीत दिए पनि आयोजकले भने मानवीय त्रुटिका कारण अर्को गीत बजेको बताएको छ।

कुनै पनि राष्ट्रिय गीत मुलुकको संकेत हुने भएकाले यस्तो विषयलाई गम्भीरताका साथ लिनुपर्ने प्रवक्ताले बताएका छन्।

हङकङ सरकारले आइतबारै मयस विषयलाई गम्भीररुपमा लिएर यसबारे पूर्णरुपमा अनुसन्धान गर्न हङकङ रग्बी संघलाई निर्देशन दिइसकेको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .