हङकङका कार्यस्थलमा भएको दुर्घटनामा दुई कामदारको मृत्यु

हङकङका कार्यस्थलमा भएको दुर्घटनामा दुई कामदारको मृत्यु

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १०:१५, हङकङ

मंगलबार हङकङमा कार्यस्थलमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

मंगलबार हङकङको एक भवन निर्माणको क्रममा फलामको बारले थिचेर एक कामदारको मृत्यु भएको छ भने अर्का कामदारको मृत्यु रोल रोलरले थिचेर भएको हो।

हङकङ प्रहरीले दिएको जानकारीअनुसार भवन त्सिम शा त्सुईस्थित आश्ली रोडमा निर्माण भइरहेको भवन निर्माणमा काम गर्ने एक कामदारको माथिबाट खसेको फलामको बार खसेर थिच्दा मृत्यु भएको हो।

मृत्यु हुनेमा ४३ वर्षीय कामदार रहेको प्रहरीले बताएको छ। बारले थिचेपछि घाइते भएका उनको इथिजावेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीले यसलाई औद्योगिक दुर्घटनाको संज्ञा दिएको छ। हङकङको श्रम विभागले दुर्घटनासँगै तत्कालै कर्मचारीहरुलाई उक्त क्षेत्रमा खटाइएको र अहिले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ।

पछि उसले अर्को विज्ञप्ति जारी गरेर यो दुर्घटनाप्रति विभाग निकै गम्भीर रहेको बताएको थियो। विभागले उक्त क्षेत्रको सबै कामहरु रोक्न र जतिसक्दो छिटो अनुसन्धान सकाउन निर्देशन दिइएको उल्लेख गरेको छ।

त्यस्तै अर्को एक दुर्घटना सान यूक पाईमा भएको हो। यो दुर्घटना कन्स्ट्रक्सन मेसिनरी स्टोरेज साइटमा भएको हो।

दुर्घटनामा परी ३८ वर्षीय कामदारको मृत्यु भएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार मर्मत गर्ने क्रममा तीन टनको रोड रोलरले थिच्दा कामदारको मृत्यु भएको हो।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको छ। पछिल्लो केही महिनामा हङकङमा औद्यागिक दुर्घटना बढेका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .