एनआरएनए हङकङद्वारा अनु राईको संयोजकत्वमा महिला फोरम गठन

एनआरएनए हङकङद्वारा अनु राईको संयोजकत्वमा महिला फोरम गठन

नेपालखबर
पुस २, २०७६ बुधबार ९:१९,

जोर्डनस्थित आफ्नै कार्यलयमा मङ्गलबार ‘एनआरएनए’ हङकङले एक कार्यक्रमको आयोजना गरी महिला फोरम गठन गरेको हो।

महिला संयोजक अनु राईको संयोजकत्वमा १८ सदस्यसहित १० सल्लाहकारको महिला फोरम गठन भएको छ।

कार्यक्रममा संघकी अध्यक्ष राधिका गुरुङ ‘टिका’ सहित अन्य सदस्यहरु उपस्थित थिए।

सातौं अधिवेशनमा दोस्रोपटक निर्विरोध निर्वाचित भएकी अनुले नवौं विश्व सम्मेलनपछि केन्द्रकै निर्देशनमा फोरम गठन गरेकी हुन्।

नवगठित फोरमको सल्लाहकार र सदस्यहरुः

अनु राई – संयोजक ( एनआरएन महिला फोरम हङकङ )
सल्लाहकार :-
१. युग माया राना मगर (अध्यक्ष मगर संघ हङकङ)
२. गोमा पुन (अध्यक्ष पुन मगर समाज हङकङ )
३. असली लिम्बू ( अध्यक्ष किरात याक्थुम चुम्लुङ )
४. माया थलङ राई( उपाध्यक्ष किरात राई यायोख्खा)
५. कुमारी थापा ( उपाध्यक्ष गुल्मी समाज हङकङ )
६. कल्पना राई(अध्यक्ष किरात खाम्बतिम महिला बिभाग)
७. पबिता पुमा राई प्रथम मिसेज हङकङ नेपाल)
८.बिष्णु मुखिया (सचिब झापा मंच हङकङ )
९. कबिता गुरुङ (अध्यक्ष तमु टो ह्युल महिला बिभाग )
१०. निलम थापा ( निर्बतमान महासचिव मगर संघ हङकङ)
सदस्यहरू :-
१. प्रभा राई
२. सरु राई
३.करुणा प्रधान
४. अन्जु गुरुङ
५. साबित्रा ईङ्नाम
६. अनिता तामाङ
७. रिन्जी सेर्पा
८. निता थापा
९. सामिन वानेम
१०. पबित्रा साम्पाङ राई
११. अनिता राई
१२. नानू गुरुङ
१३. सोभा राई
१४. अनिता राना
१५. साबीत्रा सुब्बा
१६. कल्याणि गुरुङ
१७. माया गुरुङ
१८. इशु बर्देवा

‘महिला एकता र महिला सशक्तिकरण’ को नारासहित दुई वर्षे कार्यकालको लागि गठन भएको फोरमले विगतमा गर्दै आएको योजनाहरुलाई निरन्तरता दिने संयोजक अनुले नेपालखबरलाई बताइन्।

अनुका अनुसार विगतमा आफ्नै कार्यकालमा हङकङ र नेपाल दुबै ठाउँमा उल्लेखनीय कार्यहरु सम्पन्न भएको बताइन्।

अनुका अनुसार विगतको कार्यकालमा नेपालको नुवाकोटका महिलाहरुको लागि स्वस्थ शिबिर सन्चालन गरेको, हङकङमा पहिलो पटक एशिया प्यासिफिक भेला सम्पन्न गरेको, अन्तर्कृया गरेको, हङकङमा उल्लेखनीय काम गर्ने योगदान गर्ने नेपाली महिलाहरुलाई सम्मान गरेको, स्वदेश तथा वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुलाई सीपपमुलक तालिकको व्यवस्था गरिएको छ।

अबको कार्यकालमा हङकङकै महिलाहरुको स्वास्थ्य र जीवन पद्धति सम्बन्धी शिबिर तथा जनचेतना जगाउने किसिमका कार्यक्रम गरिने अनुको भनाइ छ।

विश्वभर झन्डै ८१ राष्ट्रमा स्थापित एनआरएनएको महिला फोरम गठन हुने प्रक्रिया तिब्र रुपमा अगाडी बढेको छ। नवगठित फोरमको कार्यकाल आगमी अधिवेशनसम्म रहने व्यवस्था छ।

भारतीय दूतावासद्वारा एनआरएनए हङकङको अनुरोध बेवास्ता

गत अक्टोबरमा भारतले नेपाल अधिनस्त कालापानी, लिपुलेक र लिम्पियाधुरालाई अतिक्रमण गरी आफ्नो सीमा चित्रमा गाभेपछि उत्पन्न विवादबारे नेपाल सरकार र जनतासँग एक्यवद्धता जनाउने क्रममा बिभिन्न राष्ट्रमा अवस्थित भारतीय दूतावास र महावाणिज्यदूत मार्फत एनआरएनएले बिरोध जुलुस र ज्ञापन पत्र बुझाउदै आएका छ्न्।

सोही कार्यक्रम अनुसार एनआरएनए हङकङ भारतीय महावाणिज्यदूतलाई पत्राचार मार्फत जुलुस र ज्ञापन पत्र बुझाउने भन्ने अनुरोधलाई बेबास्ता गरिदिएको कुरा संघकी अध्यक्ष राधिकाले नेपालखबरलाई बताइन्।

राधिकाका अनुसार संघले विरोध जुलुस र ज्ञापन पत्र बुझाउने भनेर भारतीय महावाणिज्यदूतलाई १५ नोभेम्बरमा पत्राचार गरेको थियो तर त्यसको जवाफ उनीहरुले दिएनन्।

हङकङका कानुन अनुसार त्यस्ता जुलुस गर्दा प्रहरी अनुमति लिनु पर्ने प्रावधान छ। प्रहरीलाई दिएको निवेदन चालु आन्दोलनको कारण जनशक्ति कम भएकोले प्रहरीले निबेदन स्विकार नगरेको तथा आफै जोखिम मोलेर २२ नोभेम्बरमा ज्ञापन पत्र बुझाउन खोज्दा महावाणिज्यदूतले भेट्न नदिएको राधिकाले बताइन्।

त्यसपछि ६ डिसेम्बरमा पुनः पत्राचार गरी १२ डिसेम्बर अपरान्ह २ बजे वा महावाणिज्यदूतको अनुकुल समयमा ज्ञापन पत्र बुझाउने भन्ने अर्को पत्राचारको समेत कुनै प्रत्युत्तर नदिई बेवास्ता गरिएको जनाइएको छ।

भारतीय महावाणिज्यदूतको अकर्मण्यताबाट आजित भएका एनआरएनए हङकङले १७ डिसेम्बरका दिन भारतीय महावाणिज्यदूत मार्फत प्रधानमन्त्रीको नाममा सिधा ज्ञापन पत्र कुरियरमार्फत पठाउने तयारी भइहेको अध्यक्ष गुरुङले जानकारी दिइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .