हङकङले प्रहरीको ओभरटाइम तलबमा एक अर्ब डलर खर्चियो

हङकङले प्रहरीको ओभरटाइम तलबमा एक अर्ब डलर खर्चियो

नेपालखबर
पुस १, २०७६ मंगलबार ८:४४,

प्रहरीहरु प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खटिएका हुन्। यसबीचमा प्रहरीको ओभरटाइम तलबमा हङकङ सरकारले करिब १ अर्ब हङकङ डलर खर्च गरेको एससीएमपीले जनाएको छ।

शुक्रबार हङकङ सरकारले प्रहरीमाथि गरिएको लगानीको खर्च विवरण सार्वजनिक गरेको हो।

कर्मचारीहरुको तलब वृद्धिको लागि सरकारको लागनी तथा अनुदान अनुरोधलाई सांसदहरुले अनुसन्धान गर्नुपर्ने भनेपछि हङकङ सरकारले प्रहरीमाथि भएको खर्चको विवरण सार्वजनिक गरेको थियो।

विपक्षी राजनीतिज्ञले सरकारलाई प्रहरीको अनुदान अनुरोधलाई हटाउन आग्रह गरेका छन्।

सुरक्षा ब्युरोले सार्वजनिक गरेको विवरण अनुसार हङकङका ११ हजार प्रहरीले ओभरटाइम काम गरेबापत तलब पाएका छन्।

The police force has been badly stretched by more than six months of protests. Photo: K.Y. Cheng

यसको मतलब गएको ६ महिनासम्म एक प्रहरीले १४ हजार ३९४ हङकङ डलर तलब बापत पाए।

गत मेमा भएको बजेट भाषणमा सरकारले हङकङ प्रहरीको तलब, सुविधा तथा अन्य सेवाको लागि २०.२ अर्ब हङकङ डलर विनियोजन गरेको छ।

यतिले नपुगे अनुदान खोजिने बताइएको छ। प्रहरीमाथि ठूलो लगानी भएको भन्दै सर्वसाधारणले सरकारको आलोचना गरेका छन्।

सरकारविरोधी प्रदर्शकारीले प्रहरीले जनतालाई दमन गरेको, दमनकारी प्रहरीलाई ठूलो रकम छुट्याउनु गलत भएको टिप्पणी गरेका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .