हङकङमा रेष्टुरेन्ट खोल्ने समयमा लगाइएको प्रतिबन्ध आगामी सातादेखि हट्दै

हङकङमा रेष्टुरेन्ट खोल्ने समयमा लगाइएको प्रतिबन्ध आगामी सातादेखि हट्दै

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १४:१५, हङकङ

हङकङमा आगामी बिहीबारदेखि रेष्टुरेन्ट, पब्स र अन्य केही स्थानमा लगाइएको प्रतिबन्ध थप खुकुलो बनाइने भएको छ।

कोभिड–१९ महामारी नियन्त्रणको लागि भन्दै यस्ता व्यवसायलाई निश्चित समय मात्र खुला राख्न अनुमति दिइएको थियो। यद्यपि बिहीबार गरिएको घोषणा अनुसार भने अब रेष्टुरेन्ट, पब्सलगायतका व्यवसाय लामो समयसम्म खुला राख्न पाइनेछ। 

बिहीबारदेखि हङकङको सार्वजनिक स्थलमा हुने कार्यक्रममा मास्क हटाउन सक्नेछन्। त्यस्तै धार्मिक तथा मनोरञ्जनस्थलमा पनि मास्क लगाउनुपर्ने नियम हटाइनेछ। 

अहिलेको सामाजिक दूरीको नियमअनुसार रेष्टुरेन्टमा एकपटक एउटा टेबलमा १२ जनालाई मात्र राख्न सकिन्छ भने एकपटकमा २४० जना ग्राहकलाई मात्र अनुमति दिइन्छ। आगमी सातादेखि भने यो प्रतिबन्ध पनि हट्नेछ।

यसले व्यवसायको व्यापार पनि २० प्रतिशतले बढ्न सक्ने जानकारहरुले बताएका छन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .