हङकङमा सम्पत्तिको कारोबार २७ वर्षयताकै कमजोर

हङकङमा सम्पत्तिको कारोबार २७ वर्षयताकै कमजोर

नेपालखबर
असोज १९, २०७९ बुधबार ८:१२, काठमाडौँ

हङकङमा यस वर्ष अचल सम्पत्तिको कारोबार २७ वर्षयताकै कमजोर रहन सक्ने एक अध्ययनले देखाएको छ।

सेन्टलाइन प्रपर्टी एजेन्सीका अनुसार वर्षको पहिलो ६ महिनाको अवधिमा कोभिड–१९ लकडाउनको कारण कमजोर बनेको हो भने अन्तिम ६ महिनामा बढ्दो व्याजदरको कारण सम्पत्तिको बजार कमजोर हुने एजेन्सीको ठहर छ। 

यस वर्ष हङकङको सम्पत्तिको बजार ६५ हजार नाघ्ने अनुमान छ। यो अनुमान मिलेको अवस्थामा यो व्यापार सन् १९९६ यताकै सबैभन्दा कम हुनेछ। यसअघि सन् २०१३ मा ७० हजार ५०३ सम्पत्ति कारोबार भएको थियो।

यस वर्षको सुरुवाती नौ महिनामा हङकङमा ४७ हजार ८८६ सम्पत्ति कारोबार भएको थियो। यस वर्षको समग्र अवधिमा हङकङको सम्पत्ति कारोबार ३६ दशमलव ६ प्रतिशत रहन सक्ने एजेन्सीको अनुमान छ।

करोबारको समग्र सम्पत्तिमा भने ३४ प्रतिशतको गिरावट आउन सक्ने एजेन्सीले बताएको छ। 

सन् २०२० को सुरुमा कोरोना महामारी सुरु भएसँगै हङकङले सबैभन्दा कडा प्रतिबन्धात्मक व्यवस्था गरेको थियो।

जसको कारण बजार ठप्प भएको छ। गत मार्च महिनामा हङकङमा व्याजदर बढेसँगै बजारमा त्यसको असर पुनः देखिन थालेको छ।

हङकङको मौद्रिक नियामकले व्याजदर पाँचगुणा बढाउँदै १४ वर्षयताकै उच्च ३.५ प्रतिशतमा पुर्‍याएको छ। त्यसैले पनि लगानीकर्ताले घरजग्गामा लगानी गर्न पाएका छैनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .