हङकङमा अनिवार्य होटल क्वारेन्टिन अन्त्य हुने भएको छ। आज शुक्रबार दिउँसो हङकङ सरकारले क्वारेन्टिन अन्त्यको घोषणा गर्ने तयारी गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
गत अगस्टयता हङकङ आउने व्यक्तिले ३ दिन होटल क्वारेन्टिन र ४ दिन आफ्नो निवासमा आइसोलेसनमा बस्न सकिने व्यवस्था गरिएको थियो। त्यसअघि एक सता र अझ त्योभन्दा अघि २१ दिनसम्म अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था थियो।
हङकङले कोभिड नियन्त्रणका लागि यस्तो कडा नियम लागू गरेपनि त्यससबाट पर्यटन र अन्य व्यवसाय प्रभावित भएर हङकङ एसियाका अन्य शहरभन्दा पछाडि पर्दै गएको टिप्पणी भइरहेको थियो।
होटल क्वारेन्टिन अन्त्य भएसँगै नयाँ व्यवस्थाको विवरण शुक्रबार दिउँसो खुलासा हुने अपेक्षा गरिएको छ।
हङकङमा लामो समयदेखि क्वारेन्टिन हटाइने प्रतिक्षा भइरहेको थियो। अब होटल क्वारेन्टिनको अन्त्यसँगै हङकङमा पर्यटन र अन्य व्यवसाय सहज बन्दै जाने अपेक्षा गरिएको छ।
प्रतिक्रिया