हङकङ–काठमाडौं रुटमा क्याथेका सातामै दुई उडान

हङकङ–काठमाडौं रुटमा क्याथेका सातामै दुई उडान

नेपालखबर
असोज ६, २०७९ बिहिबार १६:२८, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरलाइन्सले अक्टोबरको पहिलो सातादेखि हङकङ–काठमाडौं उडान सुचारु गर्ने भएको छ।

सुरुमा हङकङ–काठमाडौं सातामा एक उडान गर्ने तयारी गरेको क्याथेले यात्रुको चाप देखेपछि अर्को उडान थपेर दुई उडान गर्ने भएको छ।

लामो समय हङकङ–काठमाडौं उडान गरेको क्याथेले कोभिड महामारीका कारण आफ्नो सेवा स्थगन गरेको थियो। हङकङ सरकारले कोभिड नियन्त्रण गर्न लिएको कडा नीतिका कारण हङकङको ठूलो हवाई कम्पनी क्याथेले आफ्नो व्यवसाय सिमित तुल्याएको थियो। 

केही महिनायता हङकङ सरकारले लिएको खुकुलो कोभिड नीति र तङ्ग्रिँदै गएको अर्थतन्त्रकाबीच क्याथे व्यवस्थापनले आफ्नो सेवा सुचारु गर्ने घोषणा गरेको थियो। क्याथेको त्यो घोषणामा अक्टोबर १ देखि सुचारु हुने भनिएको हङकङ–काठमाडौं उडान साताको एकचोटी शनिबार तोकिएको थियो। 

बिहीबार क्याथेले हङकङका पर्यटन व्यावसायीहरूलाई अक्टोबरदेखि हङकङ–काठमाडौं साताको दुई उडान भर्ने जानकारी गराएको छ।

हङकङस्थित एक नेपाली ट्राभल ऐजेन्टका अनुसार क्याथेले अक्टोबरदेखि शुक्रबार र शनिबार दुई दिन हङकङ–काठमाडौं उडान गर्नेछ। क्याथेको उडान हङकङबाट स्थानीय समय अनुसार शुक्रबार राति १०ः२० र शनिबारको उडान साँझ ७ः३५ बजे राखिएको छ।  

क्याथेको उडान स्थगन भएयता कोभिड महामारीमा हङकङमा बसोबास गर्ने करिब ४० हजार नेपालीलाई स्वदेश उड्न र कर्मभूमी फर्कन निकै कठिनाइ भइरहेको थियो। एक्लो उडान भएपछि नेपाल एयरलाइन्सले अत्यान्त महँगो भाडा असुले पनि व्यवस्थापन एकदमै कमजोर हुँदा यात्रुले निकै सास्ती झेल्नु परिहेको छ। 

कर्मचारीले यात्रु उडाउन घूस लिने र अभद्र व्यवहार गर्ने गर्नाले काठमाडौं–हङकङ रुटमा नेपाल एयरलाइन्समाथि यात्रुले आक्रोश पोख्दै आएका छन्। तर व्यवस्थापन पक्षले यसमा ध्यान दिएर सुधार गरेको छैन। 

त्यसैले क्याथेले साताको दुई उडान गर्ने भएपछि सस्तोमा गुणस्तरीय सेवा पाउने आशमा हङकङ–काठमाडौं रुटका नेपाली यात्रु खुसी देखिएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .