हङकङमा छापा मार्नुअघि सूचना दिएको आरोपमा तीन प्रहरीलाई १६ महिनासम्मको जेल

हङकङमा छापा मार्नुअघि सूचना दिएको आरोपमा तीन प्रहरीलाई १६ महिनासम्मको जेल

नेपालखबर
असोज १, २०७९ शनिबार १०:३८, काठमाडौँ

हङकङमा एक जुवा अड्डामा छापा मार्न जानुभन्दा अगाडि यसबारेमा सूचना दिएको आरोपमा तीन प्रहरीलाई १६ महिनासम्मको जेल सजाय सुनाइएको छ।

चार वर्षअघि एक अवैध जुवा अड्डामा छापा मार्न जानुअघि उनीहरुले सञ्चालकलाई अग्रिम सूचना दिँदै भगाएका थिए। 

शुक्रबार हङकङका डेपुटि जिल्ला न्यायाधीशले उनीहरु तीनजनाले न्यायिक प्रणालीको बेवास्ता गरेको र प्रहरीप्रति मानिसको विश्वास डगमगाउने क्रियाकलाप गरेको बताएका छन्।

यद्यपि तीनैजनाले यो घटना क्षणिक लापरबाहीको कारण भएको स्वीकार गरेका छन्। 

यो मुद्दामा सामेल भएका ५६ वर्षीय चिउ क्वोङ–लाख सबैभन्दा शीर्ष वरीयताका प्रहरी अधिकृत हुन्। उनलाई सबैभन्दा छोटो १४ महिनाको जेल सजाय सुनाइएको छ।

५१ र ३८ वर्षीय अन्य दुई प्रहरीलाई भने १६ महिनाको जेल सजाय सुनाइएको छ। सन् २०१८ मा भएको घटनाका लागि उनीहरुले जुवा खेलिरहेको गर्नेजस्ता तीनजना मानिस पनि खटाएको खुलेको छ।

उनीहरुले वास्तविक जुवा सञ्चालकलाई भगाएर उनीहरुको सट्टामा तीनजनालाई जुवा खेलेको अभिनयका लागि खटाएका थिए। 

टाक फुङ औद्योगिक क्षेत्रमा रहेको उक्त जुवा अड्डाका सञ्चालक पक्राउ परेपछि उनको माध्यमबाट तीन प्रहरीमाथि पनि मुद्दा चलेको हो।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .